राजनेता,शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला नेपालको राजनीतिको धरोहर हुन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजनेता,शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला नेपालको राजनीतिको धरोहर हुन



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

मानिस जन्मे पछि मर्नु पर्छ यो धुर्व सत्य कुरा हो यस दुनियाँमा कसैले पनि अजम्बरी लिएर आएको हुँदैन कोही चाडै यस दुनियाँ छाडेर जालान त कोही ढिलो तर यतिमा मात्र सीमित छैन मानव जीवन यो मानव शरीर मरेर गए पनि उसले यस दुनियाँका हितका लागि गरेको कार्यहरू छन् भने त्यस्ता व्यक्ति सधैँ भरी अमर रही रहने छ।आज यसै सेरो फेरोमा नेपाली राजनीति इतिहासमा देश र जनताका लागि आफ्नो जीवन समर्पित गर्ने व्यक्तित्व राजनीतिका धरोहर, युग पुरुष,राजनेता स्वर्गीय गिरिजा प्रसाद कोइराला स्वर्गीय भएको दिन २०६६ साल चैत्र ७ गते शनिवार (२० मार्च २०१०)दुखद दिनलाई स्मरण गर्दै केही शब्दहरूले उहाँको सातौ स्मृति दिवसमा उहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।

युग पुरुष,शिखर पुरुष ,महा नायक ,राज नेताको उपमा पाएका स्वर्गीय गिरिजा प्रसाद कोइरालाको राजनीति जीवनको सुरुवात विक्रम संबत २००४ सालमा नेपाल मजदुर काँग्रेस स्थापना गरे सँगै बिराटनगर स्थित जुटमिलका श्रमिक नेताको रूपबाट सुरु भएको थियो।गिरिजा प्रसाद कोइराला राणा शाशकबाट लखेटिएका कृष्ण प्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा छोरा हुन।उहाँको जन्म सन १९२४ जुलाई ४ तारिकका दिन भारतको बिहार स्थित सहरसा जिल्लाको टेडी भन्ने गाउँमा भएको थियो।उहाँको विवाह शुष्मा कोईरालासंग भएको थियो भने एक मात्र छोरी सुजता कोइराला हुन्।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि कु गरे पश्चात् उहाँलाई पक्रिएर जेल राखेका थिए।विक्रम संबत २०२४ सालमा जेलबाट छुटे पछि आफ्ना कार्यकर्ताका साथ भारत निर्वास भए पश्चात् १०/११ वर्ष सम्म भारतमा बसेर पंञ्चायति शाशक विरुद्ध राजनीति गर्दै आएका प्रजातान्त्रिक यौद्धा विक्रम संबत २०३५ सालमा नेपाल फर्किनु भएको थियो।२०४६ सालको आन्दोलमा प्रमुख भूमिका देखिनु भएको कोइराला पंचायति शाशकहरूलाई घुडा टेकाएर बहुदलीय व्यवस्थाको स्थापना गराउन सफल हुनु भएको थियो।त्यस समयमा पंचायति व्यवस्था अन्त्य गराउन लौह पुरुष गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई लगायत कम्युनिस्टका नेताहरूको पनि ठुलो योगदान साथै गहन भूमिका रहेको थियो।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाका दाजुहरू मातृका प्रसाद कोइराला र बीपी कोइरालाले नेपालको राजनीतिमा दिएको योगदानकै आधारमा प्रधानमन्त्री बन्न सफल भई नेपालको बागडोर सम्हाल्नु भएको थियो भने यस कार्यमा गिरिजा बाबु पनि पछि परेनन्।नेपाली काँग्रेस पार्टीलाई सही तवरबाट अगाडी बढाउनका लागि पार्टी सभापति भएर पार्टीका कार्यकर्तालाई सके सम्म मिलाएर लैजाने प्रयास गर्नु भएको थियो।स्वर्गीय गिरिजा प्रसाद कोइराला चार पटक नेपालको प्रधानमन्त्री हुनु भएको थियो।सन १९९१ देखि १९९४, सन १९९८ देखि १९९९,सन २००० देखि २००१, र सन २००६ देखि २००८ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो।उहाँ सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन भएको थियो।उहाँ नेपालको राजनीतिमा बीपी कोइरालाको विश्वास पात्र भएर काम गर्नु हुन्थ्यो।

नेपाल र नेपाली जनताका हितका लागि गिरिजा प्रसाद कोइरालाले के दिन सफल हुनु भयो भन्ने बारे प्राय सबै नेपाली जनता जानकार नै छन्।राजनीतिक पद यात्रा गर्ने क्रममा केही त्यस्ता साना तिना कमी कम्जोरी र त्रुटी पनि नभएका होइनन् तर ती त्रुटी र कम्जोरी सामु उहाँको माहान कार्यहरूले उहाँका त्रुटीलाई ओझेलमा पारी दियो।समग्रमा उहाँको राजनीति जीवन राम्रो र सफल मार्गमा दौडिए।२०४७ सालको संविधान प्रति बिमति जनाउँदै माओवादी बनेर जङ्गल पसेकाहरूको १० वर्षको जनयुद्धलाई समाप्ति गर्नका लागि गहन भूमिका बहन गर्नु भएका कोइरालाले अन्त्यमा माओवादीलाई भारतमा भएको १२ बुदे सम्झौता पछि नेपालको राजनीति धारमा फर्काउन सफल हुनु भएको थियो।

२०६२/६३ सालमा ७ राजनीतिक दलहरूले गरेको लोकतान्त्रिक आन्दोलनमा प्रमुख भूमिका निवारण गर्दै राजतन्त्रको अन्त्य सँगै लोकतन्त्र स्थापना गर्न सफल हुनु भएको थियो।जनताको हक अधिकार जनताकै हातमा राजाबाट फर्काउन सफल हुनु भएको थियो।जहिले पनि राजनीति दलहरूले सहमति र सहकार्य गरेर अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो।उहाँ भन्नु हुन्थ्यो म जे बोल्छु सही बोल्छु र पुरा गराएरै छाड्छु भन्नु हुन्थ्यो आखिर जस्तो बोली त्यही अनरूपको काम गर्दा गर्दै विक्रम संबत २०६६ साल चैत्र ७ गते शनिवारको दिन १२ बजेर १० मिनेट जाँदा ८५ वर्षको उमेरमा काँग्रेस र काँग्रेसीबाट बिछोडिदै स्वर्गीय हुनु भयो।