रवि लामिछानेले भने: बास्कोटालाई कार्यकक्षबाटै पक्राउ गर्नुपर्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रवि लामिछानेले भने: बास्कोटालाई कार्यकक्षबाटै पक्राउ गर्नुपर्छ



काठमाडौँ– चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन्।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको प्रति टिप्पणी गर्दै लामिछानेले बास्कोटा माथि तत्काल अनुसन्धान शुरु गरिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मार्फत आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने धारणा राखेका छन्।

सरकारसँग अझ तीन वर्ष बाँकि रहेको हुँदा बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि कर्तुतपनि हेर्न बाँकि रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्।

आरोपित मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने र राजिनामा नदिए तत्काल “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्ने लामिछानेको बुझाई छ।

“यि भ्रष्ट हुन्। प्रष्ट थिए, छन् र रहिरहन्छन्। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा। गोकुलजी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…

नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ। राजीनामा नदिए “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्छ।”,लामिछानेले सामाजिक संजालमा टिप्पणी गरेका छन्।