रवी लामिछानेलाई झट्का - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रवी लामिछानेलाई झट्का



काठमाडौं- पत्रकारिता छोडेर राजनितिमा होमिएका रवी लामिछानेलाई पहिलो पाईलामै झट्का लागेको छ ।

गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । हाल स्वतन्त्र उम्मेदवार घोषणा गरेका व्यक्तिहरूलाई एकतृत गर्न लागिपरेका लामिछाने पार्टीको नामबाटै विवादमा परेका थिए ।

विवादबीच पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चुनाव चिन्ह यसअघि नै अर्को दलले पाएको भेटिएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीले पाइसकेको छ । घण्टी चुनाव चिन्ह यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोध भएपछि आयोगले उक्त नाम पनि नदिनसक्ने आयोगका एक अधिकारीले बताए । पार्टीको नाममा विरोध भएपछि परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको बताइएको छ ।