रवि लामिछानेविरुद्ध निर्वाचन लड्ने खेम भण्डारीको घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रवि लामिछानेविरुद्ध निर्वाचन लड्ने खेम भण्डारीको घोषणा



काठमाडौं- निर्मला काण्डबाट चर्चीत बनेका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो, नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले लेखेका छन् ।

उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताएका छन् ।

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन् ।