रवि लामिछानेलाई गाली गर्नेहरु अन्तर्राष्ट्रिय पागल हुन् । - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रवि लामिछानेलाई गाली गर्नेहरु अन्तर्राष्ट्रिय पागल हुन् ।



ओम प्रकाश बानियाँ/दोहा, कतार

हामी त्यस्तो देशको नागरिक हौँ जहाँ कसैले कुनै स्वार्थ नराखी देश र जनताको भलो होस् भनेर कुनै सामाजिक काम अथवा सर-सहयोग गर्छ भने त्यसलाई कसरी खुईलाउने, कसरी उसलाई नगाउने, कसरी उसलाई कुनै विवादमा ल्याउने भनेेर तछाड मछाड गर्छौँ ।

२०७२ वैशाख १२ र २९ गते गरी दुई पल्ट हाम्रो देशमा महा भुक्म्प गयो । महा भुक्म्पको बेला धुर्मुस सुन्तली अमेरिकामा थिए । भूकम्प जान्छ भनेर कसैले कल्पना समेत गरिएको थिएन । तर नेता/कर्मचारी देखि ठगिदै आएको हामी नेपालीलाई अन्त्त्त प्रकृतिले समेत ठग्यो र ठुलो जन घनको क्षेति गर्‍यो । हजारौँ मानिसहरू मरे, हजारौँले आफ्नो घर गुमाए ।

कलाकारितामा अब्बल धुर्मुस सुन्तली अमेरिकाको बाकी कार्यक्रम स्थगित गरे र नेपाल फर्के । तुरुन्त राहत कार्यमा जुटेपनि । देशै भरी जनताको त्यो अवस्था देखेर उनीहरूले आफ्नो मन थाम्न सकेन्न र आफ्नो घरलाई समेत बन्दकि राखेर उनीहरूले काभ्रेमा पहिलो बस्ती निर्माण गर्ने सुरु गरे । बर्खाको समयमा कति दु:ख र पिडालाई पार गर्दै त्यो बस्ती ठड्र्याए ।कतिले उनीहरूको प्रशंसा गरे त कति उल्टो अर्थ लगाएर विरोध समेत गरे । जनताको साथ-सहयोग, माया पाएका उनीहरूले अहिले तेस्रो बस्ती बनाई सकेर जिम्मा लगाई सकेका छन् अब चौथो बस्ती जिम्मा लगाउने क्रममा छन् । म नेपाली भएको नाताले उनीहरूलाई भित्री मन देखि नै सलाम गर्ने चाहन्छु । र भन्न चाहन्छु गो अ हेड…. हुई आर अल्वेज विथ यु….

तर केही अन्तर्राष्ट्रिय फटाहाहरुले धुर्मुस सुन्तलीलाई समेत नाना थरीका हुँदै नभएका आरोप लगाए । यसै क्रममा मुकुन्द घिमिरे नामका एउटा ब्याक्तीले उनलाई जोक्क्डहरुलाई सरकारले परिचालन गरेको भन्दै असभ्य शब्द प्रयोग गरेर गाली गरे । उनले गरेको गालीलाई ताली बजाउने भन्दा नि उसैलाई गाली पनि गरे ।

कहिले पृथ्वीनारायण शाह भन्ने मान्छे नै छैनन् त कहिले जाति-जाति बिच द्वन्द भडकाउने मुकुन्देले हिजो जनताका पत्रकार रवि लामिछानेलाई समेत अनेक थरीको आरोप लगाउन भ्याए । सिधा कुरा प्रधानमन्त्री सँग भन्ने कार्यक्रमबाट रवि लामिछानेलाई बाईपास गरिएको थियोे । त्यस लगतै उनले वचन दिएका थिए अर्को कार्यक्रम लिएर आउने भनेर फलस्वरूप उनले सिधा कुरा जनता सँग भन्ने कार्यक्रम लिएर आए । त्यहाँ उनले अन्यायमा परेका जनता, दलाल सँग ठगीमा परेका नेपाली, बेचिएका चेली लगायत धेरै भन्दा धेरै अन्य राम्रो काम गरेर जनताको मन जितेका छन् ।

दुबईमा कार्यरत एक नेपाली चेली अस्टमी गुरुङलाई एक सुपर भाईजरले अमानवय ब्यवाहार गरे पछि उनले आत्माहत्या गरेकी छिन् । र उनको परिवार लगायतलाई न्याय दिलाउन अहिले लामिछाने र उनको टिम दुबईमा छन् । अहिले एउटा उखानै चलेको  छ न्याय नपाए गोर्खा होइन रवि लामिछाने सँग जानु भन्ने । यसरी जनताको लागि राम्रो काम गर्नेलाई सामाजिक सञ्जालमा सकारात्मक वा नकारात्मक चर्चा बटुल्ने उदेश्यले मुकुन्द धिमिरे लगाएका आरोप निराधार छन् । चर्चा कमाउन अरूको खेदो खनेर हुँदैन , धुर्मुस सुन्तली, रवि लामिछाने, कुलमानहरुले जस्तो राम्रो काम गरेर चर्चा बटुल्नु पर्छ ।

अन्त्यमा समाज भडकाउने, लगायत अन्य किसिमको अभिव्यक्ति दिने मुखुन्द घिमिरेलाई तुरुन्त कार्वाही गरियोस् भनेर सरकार सँग माग गर्द्छु । होइन भने नेपाली न्याय प्रेमी जनताले उनलाई कार्वाही गर्ने छन् ।

(लेखकको यो व्यक्तिगत विचार हो हामीले केहि सम्पादन गरेका छैनौ -सम्पादक )