रविका समर्थकहरुले गरे नाराजुलुस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रविका समर्थकहरुले गरे नाराजुलुस



चितवन । टेलिभिजन पत्रकार रवि लामिछानेलाई पक्राउ गरि राखिएको ठाउँ जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा रविका समर्थकहरुको नाराजुलुस जारी छ ।

बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरि चितवन पुर्याइएका रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

उनीहरुलाई चितवन पुर्याइएसँगै शुक्रबार बिहानैदेखि प्रहरी परिसरमा मानिसहरुको भीड लाग्न शुरु गरेको हो ।