एमालेको पकड़ क्षेत्रमा रवीलाई राम्रो भोट - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एमालेको पकड़ क्षेत्रमा रवीलाई राम्रो भोट



काठमाडौं । सर्वाधिक चासोको क्षेत्रका रुपमा रहेको चितवन–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले रफ्तार बढाएका छन् ।

एमालेको पकड रहेको इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा रवि तेस्रो स्थानमै रहे पनि अन्य दुई प्रतिस्पर्धीको नजिकै आइपुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठको ३ हजार २ सय १६ मत आएको छ ।

यसैगरि रविले तेस्रो स्थानमा रहेर २ हजार ९ सय ७८ भोट ल्याएका छन् । चितवन २ को ग्रामिण क्षेत्रमा रविको जनाधार कमजोर थियो । अब शहरी क्षेत्रमा प्रवेश गर्दा उनको भोट ह्वात्तै बढ्ने देखिन्छ । यस क्षेत्रमा उनको जित निश्चित ठानिएको छ ।