रबिन पौडेलको पहिलो पटकमा अभिनेत्री सुष्मा कार्की र प्रसान्त पौडेलको रोमान्स (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रबिन पौडेलको पहिलो पटकमा अभिनेत्री सुष्मा कार्की र प्रसान्त पौडेलको रोमान्स (भिडियो सहित)



समीर प्रकाश पाण्डे/फागुन २८ 

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा फरक खालका नयाँ नयाँ गीत संगितहरु बजारमा ल्याउने क्रममा उमंग म्युजिक प्रा. लिई.को प्रस्तुतिमा रबीन पौडेलको पहिलो पटक लोक पप गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द रबिन पौडेलले गरेका छन् भने सगिंत प्रसान्त पौडेलले गरेका छन् । उक्त गीतमा रबिन रबिन पौडेलकै स्वर रहेको छ ।

गीतको भिडियो विक्रम चौहान को निर्देशन, बासु बरालको छाँयाकनकमा, मिलन बि. क ले सम्पादन गरेका छन् । भिडियोमा ग्ल्यामरस छवि बनाएकी अभिनेत्री सुस्मा कार्की र प्रसान्त पौडेलको अभिनय जोडदार रहेको छ ।