रवीन्द्र मिश्रको वरियता आठौँ, पद भने वरिष्ठ उपाध्यक्ष - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रवीन्द्र मिश्रको वरियता आठौँ, पद भने वरिष्ठ उपाध्यक्ष



काठमाडौं- विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले सोमबार मिश्रलाई ल्याउने बारे पार्टीमा निर्णय गरेसँगै उनी राप्रपा छिर्ने पक्का भएको हो ।

राप्रपाका एक नेताका अनुसार उनलाई भोलि नै राप्रपा प्रवेशको कार्यक्रम राख्ने तयारी छ । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् ।

राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ ।

मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने सहमति भएको हो । जसअनुसार मिश्रभन्दा अगाडिको वरियतामा उपाध्यक्षहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशनी कार्की रहनेछन् ।

यस्तै दीपक बोहराको वरीयता पनि माथि नै रहनेछ । हाल पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको वरीयता अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा पनि माथि रहेको छ ।

पदाधिकारीमा रहेका उपाध्यक्षहरू पछि मिश्रको वरीयता आठौँ नम्बरमा रहने गरी सहमति भएको बताइएको छ ।​