कास्कीकै जनताले भने: रवीन्द्र अधिकारीको ठाउँमा रवीन्द्र मिश्र - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कास्कीकै जनताले भने: रवीन्द्र अधिकारीको ठाउँमा रवीन्द्र मिश्र



पोखरा- साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले कास्कीकै जनताले आफुलाई नै कास्की–२ बाट उम्मेदवार बन्न कर गरेको बताएका छन् ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर १५ गते हुने उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रुपमा लिएको बताएका छन् । कार्यक्रममा उनले जनताले नेकपा र कांग्रेसको विकल्प शक्तिका रुपमा साझा पार्टीलाई जिताएर देखाइदिने दावीसमेत गरे ।

सत्तामा बसेको व्यक्तिले शासन कस्तो गरेका छन् भन्ने नतिजा उपनिर्वाचनबाटै देखिने उनको भनाइ थियो ।

संयोजक मिश्रले कास्की–२ ले नयाँ अनुहारसहित विवादरहित व्यक्तिको खोजी गरिरहेको जिकिर गरे । तपाईं पनि उमेद्वारको आकांक्षी हो भनि पत्रकारहरुले राखेको जिज्ञासामा उनले पहिलो प्राथामिकता कास्कीकै जनतालाई भए पनि उहाँहरुले तपाईंनै उमेद्वार बन्नुस् भनेकाले यस विषयमा छलफल जारी रहेको बताए ।