तपाईँ जस्तो मान्छेले देश विकास गर्न पार्टी नै खोल्नु पर्छ?(रबिन्द्र मिश्रलाई प्रश्नै प्रश्नको पत्र) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तपाईँ जस्तो मान्छेले देश विकास गर्न पार्टी नै खोल्नु पर्छ?(रबिन्द्र मिश्रलाई प्रश्नै प्रश्नको पत्र)



नमस्कार ,साझा पार्टीको हुने वाला अध्यक्ष रवीन्द्र  ज्यु ।

सर्वप्रथम त हजुरले खोल्न लागेको  नयाँ  पार्टीलाई सफलताको शुभकामना छ ।रबिन्द्र जी  तपाईँलाई यो चिठी लेख्ने मेरो आधिकार छ कि छैन  थाहा भएन तर १०० भन्दा बढी पार्टी भएको मेरो देशमा फेरी तपाइले नयाँ पार्टी खोल्ने भन्ने सुन्दा यो मनले नलेखि मानने ।

हो रबिन्द्र जी  मलाइ नेपालमा मनपर्ने राम्रो मान्छे भित्र तपाइ पनि पर्नु हुन्छ जुन तपाइको परोपकारी काम ,तपाइ ले बिबिसीमा पहिला सोध्ने सटिक प्रश्न यस्तै यस्तै तपाइको क्रियाकलापमा   मेरो आकर्षण बढी छ ,तपाई प्रति ।यो मेरो आकर्षणलाई तापाइले कतिसम्म टिकाइ राख्नु हुन्छ त्यो तपाईँले खोलेको पार्टी र तपाईँले गर्ने  क्रियाकलापबाट थाहा होला  । तर तपाईँले नयाँ पार्टी  खोल्दै गर्दा  तपाइलाई भेटेर केही प्रश्न गर्न भने ठुलो धोको  थियो तर यहाँ मजस्तो यौटा  सामान्य किसानको छोरा ,भखर काठमाडौँ आएर सानो व्यापार गर्न सुरु गरेको मान्छे ।म संग  तपाईँलाई भेट्ने नत कुनै चिर परिचित लिंक छ  नत कुनै तपई सामु  पुर्यईदिने ठुलो मान्छे सँग चिनजान छ तेसैले यो  चिठी मार्फ़त केही प्रश्न गर्न मनलाग्यो ।

प्रश्न १ :तपाई  जस्तो मान्छेले देशको विकास गर्न के पार्टी नै खोल्नु पर्छ  ?

प्रश्न २ :तपाईहरुले खोल्ने   पार्टीको भष्ट्रचार हटाउने  नीति के छ ?

प्रश्न ३ :हाम्रो देशबाट दिनको १००००( सरदर)युवा विदेशको मरुभूमिमा  पसिना बगाउँन जाने गर्छन  उनीहरुलाई आफ्नै देशमा रोक्ने के छ मिसन ?

प्रश्न ४ :तपाईहरुको पार्टी अरू भन्दा भिन्न छ भनेर कुन आधामा भन्ने ?

प्रश्न ५ :तपाईले पार्टी संचालन गर्दै गर्दा आर्थिक कहाबाट जुटाउने योजना छ ?

अन्तमा  सम्पुण प्रश्नको उत्तरको आशा गर्दै अहिलेलाई बिदा माग्छु  ।

उही तपाईको  साझा पार्टीको सधैँ सफलताको कामना गर्ने  दीपक भुसाल अर्घाखाँचि वाङ्गला ९वेलवा, हाल ललितपुर ।