आफ्नो पार्टी तहसनहस पारेर राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आफ्नो पार्टी तहसनहस पारेर राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र



विवेकशील साझा पार्टीमा उत्पात मच्चाएर अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने बएका छन् ।

साझा पार्टी खोलेर विवेकशीलसँग एकता गरेपछि एकपछि अर्कोलाई कारबाही गर्दै पार्टी नै विवादित बनाएका मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । उनी अहिले राप्रपाको नेतृत्वसँग संवादमा रहेको बताइन्छ ।

राप्रपासँग निरन्तर सम्पर्कमा रहेका मिश्रले आफू पार्टीको अध्यक्षमै हुँदा पार्टी एकता गर्न खोजेका थिए । त्यसपछि पार्टीमा उत्पन्न परिस्थितिले उनले केहि गर्न नसक्ने भए । साझा विवेकशीलका नेताहरूलाई निषेध गर्नेदेखि कारबाही गर्ने सम्मका उत्पात मच्चाएका मिश्रविरुद्ध बहुमत पुग्यो ।

राजतन्त्र सहितको ब्यबस्था लगायतका योजना सहित ल्याएको उनको प्रस्तावले पार्टीमा तरंग पैदा भयो । फरक मत रखेकै कारण विवेकशील पार्टीबाट आएका नेताहरूमाथि उनले कारबाहीको डन्डा बर्साए । पार्टी कमिटीबाटै निर्णय गराएर राप्रपासँग एकता गर्ने उनको उद्देश्य पूरा हुन सकेन । केहि समय उनी पार्टीको कार्यलय जान सम्म सकेनन् ।

त्यसलगत्तै भएको स्थानीय तहको निर्वाचनमा उनको पार्टी पत्तासाफ हुने अवस्था भयो । उनले नैतिकताको आधारमा जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरे । उनकै दलका नताहरूले मिश्रकै कारण साझा विवेकशील पार्टी तहसनहस भएको बताउने गरेका छन् । तिनै मिश्र अहिले राप्रपा प्रवेशको अन्तिम गृहकार्यमा लागेका छन् ।

राप्रपासँग अहिले उनले पदका लागि बार्गेनिङ गरिरहेको बुझिएको छ । पदमा कुरा मिले मिश्र केहीदिनभित्रै प्रवेश गर्ने तयारीमा छन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को मागेको स्रोतले बतायो । अहिले भने सहअध्यक्षका लागि बार्गेनिङ भैरहेको बताइएको छ ।

मिश्रले आफूलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए। तर राप्रपाले उनको प्रस्ताव अस्वीकार गरेको र अहिले सहअध्यक्षमा बार्गेनिङ भैरहेको छ ।

अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै राप्रपाले उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । राप्रपाका केही नेताहरूले उनलाई सहअध्यक्ष सिन भन्दै लबिङ गरिरहेका छन् ।