प्रचण्डले भने: माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके « Himal Post | Online News Revolution
Logo

प्रचण्डले भने: माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी भएको जनताले बुझिसकेको बताएका छन् ।

प्रचण्डले पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बोल्दै माओवादी मात्रै देशभक्त पार्टी भएको बताउँदै फेरि पनि एक नम्बरको पार्टी बन्ने ठोकुवा गरेका छन्।

’ प्रचण्डले भने, ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ, शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।