डाक्टरविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डाक्टरविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेन



असोज ११, काठमाडौं-

डाक्टरको लापरबाहीले एक बालिकाको मृत्यु भएपछी डाक्टर बिरुद्द जाहेरी दिन जाँदा प्रहरीले केस दर्ता गर्न नमानेपछी पिडित परिवारले आपत्ति जनाएका छन् ।

नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका हुन् ।

काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारको क्रममा नर्भिकमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारण रहेको दाबी आचार्य परिवारको छ ।

आजको नागरिकमा खबर छ ।