राहुल द्रविडलाई मुख्य प्रशिक्षकबाट हटाइयो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राहुल द्रविडलाई मुख्य प्रशिक्षकबाट हटाइयो



काठमाडौं । भारतीय पूर्व कप्तान राहुल द्रविडलाई राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) को  अध्यक्ष बनाइएको छ। यस कारण उनलाई भारतको ए र अण्डर १९ टीमको मुख्य प्रशिक्षकबाट हटाइएको हो । उनको स्थानमा सीतांशु कोटकलाई भारत ए र पारस महामब्रेलाई अण्डर १९ टोलीको प्रशिक्षक बनाइएको छ।

राहुलले एनसीएको कार्यभार ग्रहण गरेपछि उनले यहाँ धेरै समय दिनुपर्नेछ, सो कारण उनी टिमसँग रहने छैनन् । उनलाई टिम प्रशिक्षकबाट हटाइएपनि विदेशमा हुने खेलमा उनि आवश्यक परे टोलीसँगै जानेछन् ।

पीटीआईसँग कुरा गर्दै बीसीसीआईका एक अधिकारीले भने, ” यसलाई लिएर अलग घोषणा गरिनेछैन किनभने उनि एनसीएमै काम गर्छन् ।” यो यस तरीकाले बनेको परिवर्तन हो।

कोटक भारत ए टीमको ब्याट्समेन प्रशिक्षकका रूपमा काम गर्छन् भने महामब्रे ए र अण्डर १९ टीमसँग  बलिङ प्रशिक्षकको रूपमा तीन बर्षदेखि काम गर्दै आएका छन्। महाम्ब्रेको स्थानमा रोमेश पोवारलाई भारतीय ए टीमको बलिङ प्रशिक्षक नियुक्त गरिएको छ।

पूर्व भारतीय क्रिकेटर हृषिकेश कानेटकरको नाम अण्डर १९ टीमको ब्याटिङ प्रशिक्षकका रुपमा आएको छ । उनले टीमसँग इङल्याण्डसँग खेलिएको ट्राई सीरीजमा काम गरिसकेका छन।

भारत ए को टोली हाल दक्षिण अफ्रिका बिरूद्ध पाँच म्याचको एकदिवसीय श्रृंखलामा खेलिरहेको छ। यस श्रृंखलामा मनीष पाण्डे र श्रेयस अय्यरलाई टीमको कप्तान बनाइएको छ। मनीषले पहिलो तीन खेल र अय्यरले अन्तिमका दुई खेलको कप्तानी गर्नेछन् ।