१५ मिनेटमा मोदीलाई थला पार्छु: राहुल गान्धी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

१५ मिनेटमा मोदीलाई थला पार्छु: राहुल गान्धी



भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् ।

कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई संसदमा १५ मिनेटमा बोल्न दिए प्रधानमन्त्री उठ्नै नसक्ने बताएका छन् ।

गान्धीले राफेल तथा नीरव मोदीले पञ्जाब नेसनल बैंकको ३० हजार करोड भारतीय रुपैयाँ लिएर भागेको विषयमा प्रधानमन्त्री मोदीले एक शब्द पनि नबोल्नु अनौठो भएको बताएका छन् ।

गान्धीले भने, ‘हाम्रो खल्तीबाट ५ सय र एक हजारका नोट निकालेर प्रधानमन्त्रीले नीरव मोदीको खल्तीमा राखिदिए ।’ गान्धीले अहिले भारतका कैयौं शहरमा देखिएको नगदको अभावले भारतकै बैंकिङ प्रणालीमा असर पुग्ने बताए ।