किन भनिन सिताले लोकप्रिय गायक खुमन अधिकारीलाई 'रेलको टिकट काट मायाँले '(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

किन भनिन सिताले लोकप्रिय गायक खुमन अधिकारीलाई ‘रेलको टिकट काट मायाँले ‘(भिडियो सहित)



हिमाल पोस्ट /असार २८ 

नेपाली सांगीतिक बजारमा यतिबेला एक पछी अर्को गरेर तिजका गित हरु धमाधम भित्रीइ रहेका छन् । कलाकारहरु निक्कै ब्यस्त रहनुको साथै होडबाजीमा पनी अगाडी बढेका छन् । यसै क्रममा अर्को फेरी छुट्टै खालको रमाइलो तिज गित सार्वजनिक भएको छ । बहुचर्चित लोकप्रिय तथा लोकदोहोरी गायकका नायक खुमन अधिकारी र लोकप्रिय गायिका सिता रानाको मिठो आवाजमा स्वरबद्ध भएर रेलको टिकट काट मायाँले बोलको उत्कृष्ट गित सार्वजनिक भएको हो ।

आशिष म्युजिक प्रा.लि को प्रस्तुती रहेको उक्त गितको लय तथा शब्द उनै गायक खुमन अधिकारीले नै सृजना गरेका हुन् । सोही गितको भिडियो तर्फ स्मृती तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन् भने सुरेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन् । त्यस्तै सुधन बस्नेतले सम्पादन गरेको भिडियोलाई गुरु आमा फिल्मस् प्रा.लि ले दृश्य निर्माण गरेको छ भने दिपासा बि.सी र सुमन भारतीले उक्त भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् ।