राजमो अर्घाखाँचीको प्रतिबद्धता पत्र सार्वजनिक, राष्ट्रिय अखण्डताका लागि मत दिन आव्हान । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजमो अर्घाखाँचीको प्रतिबद्धता पत्र सार्वजनिक, राष्ट्रिय अखण्डताका लागि मत दिन आव्हान ।



कमल विष्ट /कार्तिक २७

राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी फिर्ता लिएपनि प्रदेश सभाको लागि भने उम्मेदवारी कायम राख्दै आफ्ना चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ ।सन्धिखर्कको होटेल क्रिस्टिनामा पत्रकार सम्मेलन आयोजना गरी प्रतिबद्धतापत्र सहित कार्यक्रम सार्वजनिक गरिएको घोषणा सभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेद्धार सागर के.सी.र क्षेत्र नम्बर दुईका उम्मेद्धार झबिलाल थापाले देशमा गणतान्त्रिक संविधान आएपनि शान्ति र समृद्धिको महसुस जनताले गर्न नपाएको बताउनुभएको छ ।

उहाँहरूले सत्तामा संविधानलाई आफू अनुकूल व्याख्या गर्नेहरुको हाबी भएकोले देशमा हिंसा,हत्या,भ्रष्ट्रचार जस्ता ब्यथिति मौलाउंदै गएको र त्यसलाई नियन्त्रण गर्दै समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउन आसन्न निर्वाचनमा आफूहरूले उम्मेद्धारी दिएको बताउनुभएको छ । अहिलेको संसदीय व्यवस्थाबाट सम्पूर्ण जनताको हित हुन नसक्ने भन्दै उहाँहरूले जनतालाई सचेत बनाउँदै जनवादी व्यवस्थाको आधार तयार गर्न आफूहरूले निर्वाचनमा भाग लिएको स्पष्ट पार्नुभयो ।

दल र ब्याक्तिगत स्वार्थमा फसेर जनतालाई झुठा आस्वासन बांड्नेहरुले गर्दा देशको राष्ट्रियता समेत खतरामा रहेको भन्दै आफूहरूले जितेमा राष्ट्रिय अखण्डता र जनताको हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सी.को अध्यक्षता र गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमा राष्ट्रिय जनमोर्चाले एमाले माओवादी र आफुहरुबिचको केन्द्रीय सहमति अनुसार अर्घाखाँचीमा प्रतिनिध सभाको उम्मेद्धारी फिर्ता लिएको तर प्रदेश सभाका दुइवटै क्षेत्रमा आफ्ना उम्मेद्धार यथावत रहेको जनाउंदै भोलीदेखी गाउँ केन्द्रित चुनावी कार्यक्रम र मङ्सिर ८ गतेदेखि पालिका स्तरिय चुनावी सभा गर्ने जनाएको छ ।