कस्तो छ त ?लामो समय पछि मिस नेपाल उषा खड्गीले रोजेको यो बर्षको तिज गीत (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कस्तो छ त ?लामो समय पछि मिस नेपाल उषा खड्गीले रोजेको यो बर्षको तिज गीत (भिडियो सहित)



काठमाडौं, २६  साउन गायीका अन्जु श्रेष्ठले नयाँ तिज गीत “रंगीयो तिजले” बजारमा ल्याएकी छन् । गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको रंगीयो तीजले गीत र गीतमाथी बनेको भिडियो उनले एकसाथ बजारमा ल्याईएकी हुन् ।

गत सालको तिजमा रातो साडी एल्वम बजारमा ल्याएकी श्रेष्ठले यो पटकको तिजमा समय संगै तिज गीतमा आएको परिवर्तन र नारीका पीडा र रहर भन्दा पनि सस्तो मनोरञ्जन र छाडा गीतले स्थान लिईरहेको नेपाली संगीत बजारलाई चुनौती दिंदै रंगीयो तिजले बजारमा ल्याएकी हुन् । छाडेर माईतिघर छुटेका संगी भुलेका बालापन बैंशलाई सम्झी सुख र दुखलाई बिसाउने ठाउँ तिज आयो लौ चेली माईतिघर जाउँ भ्वाईस अफ नेपालको प्रस्तुती रहेको गीतको भिडियोमा गीत भित्रको कथालाई कलात्मक ढंगले प्र्रस्तुत गरिएको छ ।

पूर्व मिस नेपाल उसा खड्गी लामो समय पछि तिज गीतमा देखिएकी छन् ।खड्गी मुख्य भुमिकामा रहेको गीतमा गायीका स्वयंको पनि अभिनय देख्न सकिन्छ । रंगीयो तिजले मा अभिनय गरेकी पूर्व मिस नेपाल खड्गीले गीतले नारीको कथालाई अत्यन्त गहन रुपले उठाएकाले यो गीतमा आफुले अभिनय गर्न पाउँदा खुशि लागेको बताईन् ।

केदार धितालको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । रोहित बस्नेत कोरियोग्राफर रहेको भिडीयोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत भिडियोलाई बजारमा ल्याईएको हो ।