राजपा नेपाल नवलपरासीको कार्यकर्ता भेला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजपा नेपाल नवलपरासीको कार्यकर्ता भेला



नवलपरासी, ३१ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल नवलपरासीकोे कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रदेश सिमा क्षेत्रको विषयमा छलफल गर्नको लागि सो भेला गरेको हो ।

पाल्हीनन्दन गाँउपालिका र रामग्राम नगरपालिका मिलेर बनेको एक विद्यान सभामा भावि रणनितिको बारेमा चर्चा गरीएको छ । आउने विद्यान सभाको निर्वाचनको लागि कमिटि गठन गर्दै एक ढिक्का भएर जानुपर्ने नेता हृदेश त्रिपाठिले बताए ।

गत शनिवार उद्योग वाणिज्य संघमा कार्यक्रम गर्दै स्थानिय चुनावमा भाग नलिए पनि विद्यान सभाको चुनावमा एकजुट भएर अगाडि बढन त्रिपाठिको भनाई थियो ।

सोही कार्यक्रम विच राजपा नेपालमा २ जिल्ला स्तरी नेताहरु प्रवेश गरेको राजपा नेपालका पुरन चौधरीले बताए । संघिय समाजवादि फोरम नेपालका जिल्ला सदस्य रहेका रामग्राम ८ वस्ने मदन कुर्मि र जगदिश हरिजनले पार्टि प्रवेश गरेका हुुन ।