सरकारमा जान राजपा नेपालका आधा दर्जन सर्त - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारमा जान राजपा नेपालका आधा दर्जन सर्त



काठमाडौं- समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपाले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओलीसँग केही शर्तहरु अगाडि सारेको छ।

मंसिर ३० गते प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरु र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरूले छलफल गरेको बुझिएको छ ।

नेताहरुबीच भएको छलफलमा तीन वटा विषय सम्वोधन गर्ने हो भने राजपा सरकारमा जान तयार भएको जानकारी प्रधानमन्त्रीलार्ई दिइएको थियो।

राजपा नेताले जनाएअनुसार सरकारमा जाने पूर्वसर्तका रुपमा मधेस आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहा, आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा खारेज र संविधान संशोधन गर्ने पूर्वसर्त पालना गरे सहकार्य हुने विषयमा छलफल नै भएको छ ।

यसबाहेक पनि केहि महत्वपुर्ण मन्त्रालय पाउनुपर्ने र सम्मानजनक हैसियत हुनुपर्ने लगायत करिव आधा दर्जन भन्दा बढी सर्त राखेको स्रोतले जनाएको छ ।

यदि वर्तमान सरकारले यी मागहरू पूरा गर्ने हो भने दुई नम्बर प्रदेशको सत्ता समिकरण समेत परिवर्तन गरिने गरी सरकारमा सहभागी हुने जानकारी गराइएको बताए।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने र समर्थन गर्न नसकिने बताए।