श्रीमती नराम्री भएपनि मन त पराउनु पर्यो त्यस्तै हो राजनीति पनि.... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

श्रीमती नराम्री भएपनि मन त पराउनु पर्यो त्यस्तै हो राजनीति पनि….



हास्यब्यंग क्षेत्रमा करिव चौध वर्ष बिताएका राजाराजेन्द्र पोख्रेल नेपालका अहिलेका चर्चित कलाकारमा विशेष मानिन्छन ,स्टेज कार्यक्रम चर्चित मानिने राजारजेन्द्र नेपालको राजनीतिक र सामाजिक विषय बस्तुलाई आधार मानी व्यंग्य गर्ने गर्छन् ,उनका ब्यङ्गमा सबै किसिमका दर्शकहरुले मनपाराएको मानिन्छ त्यसै क्रममा हामीले  उनै राजाराजेन्द्र सँग विविध विषयमा कुराकानी गरेका थियौ प्रस्तुत छ हिमाल पोस्टका लागि दीपक पाण्डेले गरेको कुराकानी जस्ता को त्यस्तै………….

तपाईँलाई हिमाल पोस्ट डट कममा स्वागत छ ?

-धन्याबाद, हिमाल पोस्ट डटकमले  सम्झनु भएकोमा ।

हास्यब्यांगको यात्रामा रमाउन लागेको कति भयो ? यस क्षेत्र मा कत्तिको संतुष्टि हुनुहुन्छ ?

-मैले हास्यब्यंग्य गर्न थालेको चौध वर्ष भयो । चौध वर्ष काम गर्दा पनि पाहिले एक किसिम को संतुष्ट नै थीए । किनभने मेरो राम्रो प्रगति हुन्छ भन्ने तारीफहरू आइरहेको छ पैसा राम्रो नभए पनि यो भाइ राम्रो गर्छ भन्ने हौसला पाइरहेको थीए ।अहिले कमाई पनि राम्रो छ सन्तुष्ठ नै छु । र त्यों भन्दा ठुलो त सामजिक दायित्वो पूरा गर्न पाए जस्तो पनि लाग्छ ।दर्शकहरूले पनि मन पराइदिनु भएको छ त्यों सबै भन्दा बढ़ी सन्तुष्टको विषय हो ।

नेपालको परिवेशमा एकदम फस्टायको क्षेत्र हास्यब्यांग हो भनिन्छ नि मान्नु हुन्छ ?13690790_10154338686072813_3565946733101828457_n

-हास्यब्यांग नेपाली समाज मा मात्रै हैन संसार भर फस्टाएको विधा नै हो । मान्छे अहिले विभिन्न किसिमले तनाव मा छन् डाक्टर हरुको भनाई अनुसार पनि ब्लड प्रेशर पहिले एक सय विष को हरहारि मा माथि भयको उपयुक्त भन्ने थियो अहिले १३०  सम्म ठिक, किन भन्दा सबैको एक सय तीस नै हुन्छ अरे अहिले भन्ने जस्तो कुरा पनि डाक्टर हरुकै बृत्तमा पनि हुन्छ ।संसारभरि यो प्रेशर बढ़िरहेको छ त्यों प्रेशरलाई कम गर्नको लागि यो हास्यब्यांग उपयुक्त माध्यम भएकोले  अहिले नेपाल मात्रै हैन संसार भर नै हास्यब्यांग विधा फस्टाएको नै छ ।

तपाईँ गायक पनि हो गायन क्षेत्रमा त्यति टिक्क नसकेर हास्यब्यांगमा आउनु भको त हैन ?

हो , म गायक हुने भन्ने पनि चाहाना हो तर गायक हुन के मिलेन के मिलेन । गायक बन्न नसकेको सत्यलाई स्वीकार गर्नु पर्छ ।विशेष गरी पब्लिशिटीको पार्टोंमा मैले भाँति पुर्‍याउन नसकेको र लगानी गर्न नसकेको कारणले नै हुनुपर्छ । राम्रो राम्रो गायक गायिका ,सङ्गीतकारहरुले पनि तपाईँ त गायक हुनुपर्छ भन्ने जस्तो कुरा गर्नु हुन्छ । आम दर्शकले त गायक पनि हो भन्ने कुरा मा स्वीकार त गर्नुहुन्छ ।तर यति भैदियो की मेरो गीत नै चलेको छैन फरक त्यति हो ।



तपाईँ धेरै राजनीतिक ब्यंग गर्नुहुन्छ कुनै नेताहरूले तपाईँलाई भेटेर प्रतिक्रिया दिनु भएको छ ? प्रतिक्रियामा कस्तो खालको दिनु हुन्छ प्राय राम्रो या नराम्रो ?

-नेताहरू माथि ब्यंग प्रहार हुन्छ नेताहरू सँग कहिले कॉही भेटघाट पनि हुन्छ भेटघाट हुँदा केही नेता हरुले त तपाईँहरुको जिम्बेबारी हो । तपाईँको काम हो ।  तपाईँको पेसा हो । धर्म हो  ।भन्ने गर्नु हुन्छ र कतिपय नेताहरुले त यो विषयमा किन बोलेको यो विषयमा नबोलेको भए हुन्थ्यो आफूलाई अनुकूल पर्ने विषयमा नबोलेको भए हुन्थ्यो भन्ने खाल को कुरा गर्नुहुन्छ । यो चाँही नेता हेरेर हुन्छ प्रतिक्रिया राम्रो या नराम्रो भन्ने ।

मनमा एकदम ठुलो पिणा परेको बेला हसाउनु परेको छ कतै ?

-पिणाको बिचमा पनि हसाउनु परेको छ । एक पटक हैंन धेरै पटक नै त्यस्तो परेको छ । एकचोटि मेरो दाजु बिरामी भएर आईसीयूमा भेन्टिलेटरमा राखेको बेला पनि मैले चार ओटा प्रोग्रामहरू त्यही बिचमा गरेको छु । दाइलाई छब्बिस दिन सम्म भेन्टिलेटरमा राखेको थियो । त्यों चाहिँ किन भने उपचार गर्नलाई पनि पैसाको आवश्यकता हुन्छ त्यों पैसा बनाउनको लागि पनि काम गर्नु जरुरी हुन्छ ।आमालाई चोट लागेर अस्पतालबाट घरमा ल्यायर छिमेकीलाई केही खाना खाजाहरू खुवाउन भनेर पनि प्रोग्राम मा गएको छु ।आफ्नै हात फ्याक्चर भएर पनि त्यही फ्याक्चर भएको हात हुँदा हुँदै पनि बसेरै प्रोग्राम गरेको छु  ।त्यस्तो बेला पनि इन्जोय गराउन सके दर्शकहरुले इन्जोय लिनु भो र यी बाहेक पनि अरू थुप्रो घटना हरू छ मनमा ख़ुशी नभएर पनि हसाउनु परेको छ ।

भनिन्छ नि कसैलाई रुवाउन भन्दा हसाउन बढ़ी गाह्रो हुन्छ तपाईँको अनुभवमा कस्तो लाग्छ ?

-यस विषयमा म अलिकति फरक धारणा राख्छु रुवाउन पनि त्यति सजिलो छैन तर पनि मलाई रुवाउन भन्दा हसाउन नै सजिलो हो भन्ने मलाइ लाग्छ । किनभने मान्छेहरू अहिले यसैपनि तनाव विभिन्न किसिमबाट देखिएका छन् दुखद घटनाहरू बारम्बार भैरहेका हुन्छन् । ती विषय हरुलाई कोटाइदियो भने रुवाउन पनि सजिलै होला त्यसले गर्दा त्यो अवस्था नहुने हो भने रुवाउन पनि गाह्रै हुन्छ  ।मान्छे सामान्यतया रोई हाल्दैन आशु देखाउन गाह्रो हुन्छ बरु हासो देखाउन सजिलो हुन्छ त्यस्ले गर्दा खेरि मलाई चाहिँ के लाग्छ भने रुवाउन भन्दा हसाउन अलिकति सजिलै हुन्छ ।

बाल्यकाल को सपना कलाकार नै थियो की अरू ?

-बाल्यकाल मा कलाकार बन्ने सपना नै थिएन । रुचि भित्र  बसेको चाँही थियो तर कलाकार नै बन्छु भन्ने चाहिँ थिएन । सामान्यतय बच्चा मा राम्रो पढ़ने मान्छे भनेर हैसाइ रहेको बेलामा म त्यसरी नै हौसिरहेको थीए  म त्यति खेर कलाकार बन्छु भन्ने थिएन ।पछि ठुलो क्रान्तिकारी छलांग भएर कलाकार बन्न आइयो ।

यदि कलाकार नबनेको भए के हुन्थे होला जस्तो लाग्छ ?

-कलाकार नबनेको भए म बिएस्सी शिक्षक बन्थेकी जस्तो लाग्छ किनभने म साइन्स पढ्नको लागि काठमाण्डू आएको थीए आइएस्सी ,बीएस्सी पढेर या पढ़नको लागि विदेश नै गैइन्थियो होला जे होस् साइन्स कै क्षेत्रबाट अगाडि बढेको हुन्थे होला ।

छिल्लो समयमा हास्यब्यांग मा विकृति आएको छ भन्ने जमात भेटिन्छ नि यो सत्य हो ?

तपाईँको यो प्रश्न ले विकृति भन्नाले यौन  जन्य कुरा समावेश भए भन्ने कुरा को सङ्केत गर्छ होला ।तर संसार मा के हुदो रहेछ भने विषयहरुको समाज अनुसार निर्धारण हुन्छन् अंतराष्ट्रीय हिसाबमा हेर्ने हो भने जून देशले राजनीतिक संक्रमण सिध्याएर आर्थिक सम्ब्रिधिको अघिल्लो फड्को मारिसकेका हुन्छन् ती देशमा सामान्य तया यौनका विषयहरुमै कमेडी हुने गर्छ त्यसले गर्दा संसारका अरुदेशमा त्यही चिज नै सास्कृति बनेर आइराखेको छ तर त्यो भने हामीलाई चाहिँ विकृति जस्तो लाग्छ त्यसको प्रभाव नेपाल मा पनि परेको छ। यौनजन्य विषयमा चाहिँ मान्छेहरू सजिलै सँग हास्छन  त्यो लाज पचाउनको लागि पनि हासिदिन्छ । जस्तो कहिलेकाही कसैले गाली गर्‍यो भने मान्छे हासेर टार्न खोजी राखेको हुन्छ कसैले नराम्रो भनिहाल्यो भने हासेर टार्न खोजिराखेको हुन्छ सडकमा कोही लुगा नलगाई हिडीराखेको देख्यो भने त्यो बेला पनि हासेर टार्छ मान्छेले यो अवस्था मा यौनजन्य विषयमा मान्छेहरू छिटो हास्ने भएकोले गर्दा हसाउन सजिलो भएकोले त्यो विषय मा थोरै जान खोजेको चाहिँ हो तर त्यसको अर्थ यो मात्र पनि हैन कि हास्य ब्यंग्य क्षेत्र नै विकृति भयो भन्ने हैन कि यो चाहिँ निरपेक्ष विषय नभएर शापेक्ष विषय भएको ले त्यो हाम्रो समाजमा अलिकति कम गरेपनि हुन्छ भन्ने लाग्छ मलाई ।

तपाईँले सबै भन्दा बढी ब्यंग्य गर्ने नेता को हुनुहुन्छ ?

-धेरै जसो कलाकारले धेरै ब्यंग्य गर्ने नेता अहिलेको अवस्थामा प्रचण्ड कमरेड नै हुनुहुन्छ किन भन्दाउहाँले बेला बेलामा आफ्ना विषयमा परिवर्तन गरिराख्नु हुन्छ उहाले आफैले त्यसलाई तारिफ गर्दा त्यसलाई स्वीकार गर्नुहुन्छ । कि म डाइनामिक व्यक्ति हु म विषयहरूमा छलांग मारी राख्छु यो चाहिँ भन्नेले कसैले कुराको ठेगान नभएको भनेर पनि भन्छन् तर मलाई चाहिँ म डाइनामिक जस्तो लाग्छ भनेर कमरेडले भन्नुहुन्छ । त्यो हिसाब मा उहा  चाहिँ कुरा फेरिरहने हुनाले उहाको सबै भन्दा बढी ब्यंग्य हुन्छ यो चाहिँ सबैको नै हो । अर्को कुरा चाहिँ व्यक्तिगत भन्दा विषय गत रूपमा पनि उहाकोको विषयहरू फेरिरहने हुनाले पनि ब्यंग्य पनि उहा  माथि नै बढी हुन्छ ।

13728986_10154338686102813_1448745418430016296_nराजनीति कत्तिको मन पर्छ ?

-राजनीति त मन पर्छ तर हाम्रो अहिले राजनीति ठिक भैराखेको छैन  । यो चाहिँ कस्तो भयो विषय भने श्रीमती मन पर्छ कि पर्दैन भनेजस्तै श्रीमती नराम्री भए पनि मन त पराउनु पर्‍यो जिन्दगी काट्ने उनै सँग हो ,भनेपछि राजनीति पनि समाजको सम्पूर्ण विषयहरूमा प्रभाव पार्ने भएकोले अब यो मन पर्दैन भनेर धर लाग्दैन तर हाम्रो राजनीति त्यति राम्रो चाहिँ छैन ।

कुनै दिन देशको नेता नै बन्छु जस्तो लाग्दैन ?

कुनै दिन देश को नेता बन्छु जस्तो अहिले त लागेको छैन तर समय फेरिएर कुनै बेला आवश्यकताले खोज्यो भने त्यो हुँदैन भन्ने त लाग्दैन हुन् पनि सक्छ तर अहिले नै नेता बन्छु भन्ने त्यो योजना मा छैन ।

नेपालको तपाईँलाई सबै भन्दा मन पर्ने नेता को नाम लिनु पर्‍यो भने ?

मलाइ सबैभन्दा मन पर्ने नेताहरुमा प्रचण्ड कमरेड पनि पर्नु हुन्छा,विषयलाई घुमाइ फिराइ मान्छेहरुलाइ प्रस्ट बोलेर कन्भिस गर्न सक्ने त्यो क्षमता कमरेड प्रचण्ड को छ । त्यो क्षमता राम्रो लाग्छ किनभने उहाँले जनयुद्द लढिरहेका लडाकुहरूलाई पनि कन्भिन्स गरेर परिवर्तन गर्न सक्नु भो । त्यो एउटा ठुलै क्षमता हो त्यसै गरिजनता लाई पनि बेला बेला कन्भिन्स गर्नुहुन्छ उहाँले आफ्नो  विषयहरुमा त्यो हिसाबले, प्रचण्ड कमरेडको वाक कला मान्छेहरुलाई भ्रममा राख्न सक्ने  क्षमता चाहिँ विशेष लाग्छ । अर्को चाहिँ धेरै विषयहरूको ज्ञान र मान्छे हरुलाई सपना देखाउने खालको एउटा पोजेटिभ सोचको हिसाबले चाहिँ केपी ओली अलिकति मन पर्ने नेता जस्तो लाग्छ ।

खाली समय हुँदा प्राय के गर्नु हुन्छ ?

खालि समयमा म टिभी हेर्छु।  मोबाइलमा गेम पनि खेल्छु । कहिलेकाही जस्तो यात्राको बिचमा खालि समय भयो भने म गेम खेल्छु।  घरमा हुँदा किताब पढ्ने टिभी हेर्ने त्यहिनै हो ।

तपाईँ उदघोषणमा पनि माहिर हुनुहुन्छ !उदघोषण ,गायन र हसाउने कलालाई कसरी लिनुहुन्छ ?

उद्घोषणमा माहिर देखिदै आए पनि  पछिल्लो समयमा समयले मलाइ जे गर भन्यो त्यही गर्दै गर्दा उद्घोषण गर भन्यो ।त्यो गर्दा त्यो एउटा क्षमता आयो गीत पनि गाउछु ,हसाउछु पनि अब यसको व्यवस्थापन चाहिँ अलिकति अप्ठेरो अप्ठेरो चाहिँ हुन्छ तर यो सबै चिजहरू एकाअर्कामा जोडियको छ । जस्तो उद्घोषण गर्दा गर्दै मैले हसईरहेको पनि हुन्छु । गीत गाउदा पनि हसाइरहेको पनि हुन्छु र हसाउदा हसाउदै मैले गीत गाईरहेको पनि हुन्छु यी विषयहरुलाई जोडेर एकै ठाउँमा ल्याउने प्रयास गरिरहेको हुन्छु ।

नेपाली फिल्म  कत्तिको हेर्नुहुन्छ ?

म नेपाली फिल्महरू हेर्छु हप्ता को एउटा । फिल्म हेरौ भन्ने चाहाना चाहिँ हुन्छ तर सधैँ भ्याइदैन भ्याए सम्म र हलमा गएर म नेपाली फिल्म नै हेर्छु । नेपाली फिल्म हेर्न हलमा समय मिलेन भने त्यही समय मा लागेको अर्को हिन्दी फिल्म हेर्दीन अथवा इन्गलिश फिल्म हेर्दिन म नेपाली फिल्म नै कुरेर हेर्छु हलमा चाहिँ ।

पछिल्लो समयमा बनाइएका नेपाली फ़िल्ममा राम्रो पक्ष र नराम्रो पक्ष कुनै लिनु पर्‍यो तपाईँको बिचारमा के के पर्छन् ?

-पछिल्लो समय नेपाली फिल्ममा  नेपाली पन ल्याउन थाल्नु भएको छ । निर्माता निर्देशकहरूको  यो एउटा राम्रो पक्ष हो।  नेपाली पन ल्याउनुहुन्छ नेपाली विषय को उठान गर्नुहुन्छ संसारका अरू देशका फिल्महरुको नक्कल गरेर बनाएका फिल्महरुमा चाहिँ हाम्रो कमजोरी छताछुल्ल देखिन्छ तर हाम्रा आफ्नै विषयमा जो उनीहरूले बनाएकै छैनन् हामीले बनाउने बित्तिकै अलिकति राम्रो लाग्छ र नराम्रो पक्ष भनेको चाहिँ नक्कल गर्ने कुरा नै अलिकति नराम्रो हो हाम्रो विषय हरुलाई नै उठान गर्दियो भने चाहिँ त्यो फिल्महरू अहिले सफल भएका पनि छन् ।  त्यसो हुँदा नेपाली विषयहरू लाई नेपाली पाराले बनाइयो भने पनि चल्छ अन्तर्राष्ट्रिय विषय लाई राष्ट्रिय किसिमले बनाइयो भने अप्ठेरो पर्छ अब सय करोडमा बनेका फिल्मलाई बढीमा सय लाखमा बनाउन खोज्यो भने त्यो राम्रो हुँदैन पचास लाख को विषय लाई पचास लाख मै बनायो भने त्यो फिल्म चल्छ र त्यो देखिएको पनि छ ।

अन्त्यमा तपाईँले पाठकलाई केही भन्न चाहानु हुन्छ ?

-पाठकहरुलाई म के भन्न चाहान्छु भने नेपाली कला ,नेपाली गीत सङ्गीत नेपाली चलचित्र यो पनि हामी चासोको साथ् हेरिदिउ भन्ने कामना गर्छु । धेरै नेपाली गीतहरू छ्न जो स्तरीय भएर पनि श्रोता हरुले चासो नै नदिएको कारणले गर्दा खेरि पर्दा भन्दा पछाडि छन् । यदि ती गीतहरू हाम्रो श्रोताहरुले सुन्ने हो भने मनपराउनु हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ कतिपय चलचित्र पनि राम्रा बनेका छन् जुन दर्शकहरुले हेरिदीने हो भने मन पर्थ्यो तर हेर्दै नहेर्नाले गर्दाखेरी मन नपराएको अवस्था छन् । त्यस्ले गर्दा एकचोटी हेरेर मात्रै मन परेन भन्ने तिर लागौ नेपाली गीत सङ्गीत जुन स्तरीय बनेका छन् एक पटक हेरिदियौ भने राम्रो हुन्छ। र अन्त्यमा हिमालपोस्टले मेरो कुरा कानी राखिदिनु भो यहाँ हरुलाई धेरै धेरै धन्यवाद।