मुख्य प्रश्न : प्रदेश राजधानी कहाँ ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मुख्य प्रश्न : प्रदेश राजधानी कहाँ ?



काठमाडौं-

सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ ।

मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् । यति गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोषसमेत उम्मेदवारहरूले गरिरहेका छन् ।

आफ्नो जिल्लामा प्रदेशको राजधानी ल्याउने मुद्दाले डोटीका मतदातालाई आकर्षित गरिरहेको छ । दिपायल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हो । यहाँ सबैजसो सरकारी निकायका क्षेत्रीय कार्यालय छन् ।

कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले राजधानी बन्न दिपायलमा आवश्यक सबै भौतिक पूर्वाधार रहेको र प्रदेशसभा बैठक चलाउन मिल्ने सभागृहसमेत निर्माण भइरहेको बताए ।

सबैजसो उम्मेदवार दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने मागलाई प्रमुख मुद्दा बनाएर मैदानमा आएका छन् । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले त राजधानी बनाउन नसके जनप्रतिनिधि पदबाटै राजीनामा दिन्छु भन्दै मतदाता फकाइरहेका छन् ।यो खबर आजको कान्तिपुरमा छ ।