राजेन्द्र पाण्डे वाग्मतीको मुख्यमन्त्री बन्‍ने पक्का - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजेन्द्र पाण्डे वाग्मतीको मुख्यमन्त्री बन्‍ने पक्का



हेटौंडा- वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्रीका लागि कांग्रेस नेता र पाण्डेबीच प्रतिस्पर्धा थियो । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए ।

महतले मुख्यमन्त्रीमा पाण्डे अगाडि बढाउने गठबन्धनभित्र समझदारी बनाएर काठमाडौं फर्केका छन् । स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् ।