राजिनामा दिने तयारीमा बास्कोटा: प्रधानमन्त्रीसँग के भयो कुरा ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजिनामा दिने तयारीमा बास्कोटा: प्रधानमन्त्रीसँग के भयो कुरा ?



काठमाडौं- सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिन पार्टीबाट तिब्र दवाव भएपछि त्यसको तयारी गरेको स्रोतले बताएको छ ।

७० करोडको घुस काण्डको अडियो सार्वजनिक भएपछि नेकपाका धेरैजसो नेताहरूले राजिनामा दिन दवाव दिइरहेको पनि स्रोतले बताएको छ।

‘बिहिबार कैलालीबाट फर्केलगत्तै सायद बास्कोटाजीको राजिनामा आउँछ’ प्रधानमन्त्री ओली निकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओली र बास्कोटाबीच कुराकानी भैरहेको र ओलीले पनि राजिनामाको लागि सल्लाह दिएको दाबी स्रोतको छ।

बास्कोटाले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।

केहीबेर अगाडी उनले आफूलाई खाएको मात्र बिष लाग्ने नखाएको नलाग्ने भन्दै राजिनामा नदिने सङ्केत गरेका थिए ।

उनले यस्ता बार्गेनिङ्ग आफूसँग धेरैले गर्नेगरेको पनि खुलासा गरेका छन्। त्यतिमात्र होइन उनले काम भएको भए यस्ता अडियो बाहिरै नआउने समेत बताए।