सबैलाई मिलाएर लैजाने पार्टी काँग्रेस ः रज्जाक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सबैलाई मिलाएर लैजाने पार्टी काँग्रेस ः रज्जाक



देवदह, मंसिर
खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभाको रुपन्देही क्षेत्रनम्वर एकका उम्मेदवार अब्दुल रज्जाकले सबैलाई मिलाएर लैजाने पार्टी नेपाली कांग्रेस नै भएकाले लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

हिमाल, पहाड, तराईसबैको पार्टी कांग्रेस भएकाले कांग्रेसको जित सुनिश्चित भएको उहाँको दावी छ ।

रुपन्देही क्षेत्र नम्बर एकको रोहिणी ५ र ६ तथा देवदह १० मा भएको घरदैलो कार्यक्रमपछि भएका भेलालाई सम्वोधन गर्दै कांग्रेस रुपन्देही सभापति समेत रहनुका रज्जाकले मधेशि, जनजाती, दलित, गरिव, मुस्लिमसबैलाई अटाएको पार्टी कांग्रेस भएकाले कांग्रेसलाई विश्वास गर्न आग्रह गर्नु भएको हो ।
घरदैलो कार्यक्रममा रुपन्देही १ को प्रदेश सभा सदस्यका उम्मेदवार हरि न्यौपानेले आफ्नो गाँउठाँउको विकास गर्न बाहिरी जिल्लाबाट आएकाले केही गर्न नसक्ने भन्दै स्थानिय नेता तथा कार्यकर्तालाई मत दिन आग्रह गर्नुभयो ।

यस्तै अर्का प्रदेश सभा सदस्यका उम्मेदवार ताहिर अलिले विकास र समृद्धिका लागि कांग्रेसले दशकौंदेखि योजनाहरु ल्याएको बताउदै कांग्रेसको विजयीले मुलुकलाई समृद्ध बनाउने कुरामा कुनै दुईमत नरहेको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन परिचालन तथा प्रचार प्रचार संयोजक तथा क्षेत्रीय सभापति हिराबहादुर खत्री, प्रचार संयोजक बासुदेव रिमाल, एकबहादुर सुनार, तिकाराम सिंह, बैजनाथ साहनी लगायतले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।