कृषिमा बैज्ञानिकीकरण मुख्य एजेण्डा : रज्जाक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कृषिमा बैज्ञानिकीकरण मुख्य एजेण्डा : रज्जाक



देवदह, २ मंसिर । खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाकले कृषिमा बैज्ञानिकिकरण गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताउनु भएको छ । उहाँले रुपन्देहीका धेरै क्षेत्रहरु कृषि योग्य भएकाले कृषिमा लागेकाहरुलाई आत्मनिर्भर बनाउने र कृषिलाई बैज्ञानिकिकरण बनाउने दिशामा आफ्नो भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

शनिबार रुपन्देहीको क्षेत्रनम्बर एकको देवदह नगरपालिकाका वडानम्बर २, ११ र १२ नम्बर वडाका विभिन्न स्थानमा भएका प्रचारप्रसार कार्यालय उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर एकको प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता रज्जाकले कृषिका लागि सिंचाई, कृषिमा उन्नत नश्ल, औजारको प्रयाप्तता तथा कृषि उत्पादन र उत्पादनको सहज बजारीकरणका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले कृषिमा बैज्ञानिकीकरण र कृषिको विकास सम्भव नभएसम्म मुलुकको विकास नहुने भन्दै आफुले कृषिको विकासलाई प्रमुख एजेण्डा बनाएर चुनावमा होमिएको बताउनुभयो । उहाँले आफु विजयी भएमा विगतमा गरिएका विकासका पुर्वाधारसँगै कृषिलाई आधुनिकीकरण गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने दावी समेत गर्नुभयो ।

कार्यक्रमहरुमा क्षेत्रनम्बर एकका प्रदेश सभा सदस्यका उम्मेदवार ताहिर अलि, कांग्रेस नेता मणिप्रसाद शर्मा, दुर्याेधनसिंह चौधरी, क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक हिराबहादुर खत्री, प्रचार संयोजक बासुदेव रिमाल, बैजनाथ सहानी, राप्रपा प्रजातान्त्रीकका माधव रिमाल, ज्ञानु तिवारी, उमा राना लगायतले लोकतान्त्रीक गठबन्धनले मात्र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउने हुँदा लोकतान्त्रीक गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

यसैबीच क्षेत्रनम्बर एकका विभिन्न स्थानमा घरदैलो कार्यक्रम समेत जारी रहेको प्रचार संयोजक बासु रिमालले जानकारी दिनुभयो ।
यस्तै क्षेत्रनम्बर एकका विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा २०७० सालको निर्वाचनमा समाजबादी फोरमबाट उम्मेदवार बनेका नेता सन्तकुमार यादव, वाईसियलका देवदह नगर उपाध्यक्ष राजु यादव लगायतका झण्डै डेढ एकसय बढी कांग्रेसमा प्रवेश गरेका छन् ।