‘राज्यको पुनःसंरचनाका काम हचुवाका भरमा’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘राज्यको पुनःसंरचनाका काम हचुवाका भरमा’



हिमाल पोष्ट / खोटाङ, १७ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले राज्यको पुनःसंरचनाका काम अवैज्ञानिक र हचुवाका भरमा गरिएको बताउनुभएको छ ।
पार्टीको होलेसुङ तुवाचुङ नगर समितिले शुक्रबार हलेसीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता राईले
संविधान संशोधनका पक्षमा काँग्रेस खुलेर बोल्न नसकेको, माओवादीले ढुलमुले प्रवृत्ति देखाएको र एमाले अस्वीकारका पक्षमा उभिएको जनाउनुभयो ।
उहाँले भन्नुभयो “लोकतन्त्र भनेको जनताको अँध्यारोमा उज्यालो, नाङ्गालाई लुगा, भोकालाई खाना, रोगीका लागि औषधि हो, र हुनुपर्छ ।” राजतन्त्र र लोकतन्त्रान्त्रिक प्रणालीमा जनताले कुनै फरकपन र नौलोपन अनुभूत गर्न नपाएको राईको भनाइ थियो । रासस