‘हर्के हल्दार’का हिराकाजीले ल्याए आफ्नो नयाँ गीत ‘टोल टोलमा’ (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘हर्के हल्दार’का हिराकाजीले ल्याए आफ्नो नयाँ गीत ‘टोल टोलमा’ (भिडियो सहित)



काठमाडौं, १ बैसाख

 

एक दशक अघिदेखि नै संगीतको विद्यार्थीको रुपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा कलाकार राजकुमार देवकोटाले नयाँ वर्ष २०७४ को अवसर पारेर एउटा सांगीतिक कोशेली दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।  करिव ढेड वर्षअघि पहिलो एकल एल्बम ‘अंकुरण’ सार्वजनिक गरेर स्रोतामाझ स्थापित भएका गायक तथा कलाकार राजकुमार देवकोटाले नयाँ वर्षको पूर्व सन्ध्यामा चैत ३१ गते बिहिबार आफ्नो नयाँ गीत ‘टोल टोलमा…’ को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

न्यू इयर इभको अवसर पारेर प्रिमियर गरिएको उक्त गीतको भिडियोलाई स्थापित निर्देशक शेरबहादुर डिसीले निर्देशन गरेका छन् । आधुनिक शैलीको उक्त गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशन छ । सुगम संगीतमा आधारित उक्त गीतका शब्दहरु दिनेश सुवेदीले रचना गरेका हुन् । म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, आरुषी मगर, कृष्ण, वसन्त, मनोज, सन्तोष र श्रीमनले अभिनय गरेका छन् ।

संगीतलाई करियर बनाउने निर्णय गर्दै दोस्रो एकल एल्बमको समेत तयारी गरिरहेका गायक देवकोटा आफ्नो व्यवसायमा समेत रमाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखला ‘हर्के हल्दार’ का हिराकाजीको भूमिका समेत निर्वाह गरिरहेका गायक देवकोटा अभियनलाई भने सौखको रुपमा मात्र लिन्छन् । नयाँ वर्षको स्वागतका लागि नृत्यपरक तथा रमाइलो शैलीको गीत गाएको छु, भिडियो प्रिमियर गरेपछि गायक देवकोटाको भनाइ छ—नयाँ वर्षको रमाइलो मूडलाई मिल्ने शैलीको गीत गाएको छु, भिडियो पनि त्यही अनुरुपकै बनेको छ ।’

https://www.youtube.com/watch?v=nnFW5abSC3U&feature=youtu.be