राज र वर्षा प्रेम वियोगमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राज र वर्षा प्रेम वियोगमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

पछिल्लो समयमा संगितिक बजारमा नयाँ नयाँ गित अाउने क्रममा बहु-प्रतिभाशालि गायक मनोज राजको आवाजमा रहेको नया गित “मेरो जिन्दगिको मोडमा ” बोलको गित सार्वजनिक भएको छ ।

प्रेम वियोगमा आधारित गित एसियन म्युजिक मार्फत बजारमा आएको हो । गित संगीतका लागि सम्भावना बोकेका गीतकार तपेन्द्र सुबेदीको शब्द अनि राज श्रेष्ठ र गोपाल श्रेष्ठको यो गीतमा संगीत रहेको छ भने सन्तोष प्रघादको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा मोडेल राज खड्काको अभिनय रहेको छ, राज संगै भिडियोमा वर्षा राउत अनि राज श्रेष्ठलाई पनि देख्न सकिने छ ।भिडियोलाई अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन संगै निकेश खड्काको निर्देशन रहेको छ, प्रेम अनि वियोगमा आधारित रहेको भिडियो लाई एसियन म्युजिकले निर्माण गरिएको छ , भिडियोमा त्रिकोनात्मक प्रेम कहानी देखाईएको छ ।