राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुन्छन् : मन्त्री बाँस्कोटा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुन्छन् : मन्त्री बाँस्कोटा



बाग्लुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजतन्त्रको भूत बोकेर हिड्नेहरु डाइनोसर जस्तै लोप हुने चेतावनी दिएका छन् ।

बागलुङमा प्रकाशित हुँदै आएको ढोरपाटन राष्ट्रिय दैनिकको १६ औँ वर्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुने चेतावनी दिएका हुन् ।

सञ्चारमन्त्री बांस्कोटाले नेकपाको लक्ष्य र विकास र प्रगति भएको भन्दै अब प्रमुख प्रतिपक्ष काँग्रेस पनि निर्माणमा जाने भएकाले अन्य पार्टीको कामै नभएको तर्क गरे ।

मन्त्री बांस्कोटाले वर्तमान सरकारको काम भनेको विकास गर्नुमात्र हो भन्दै उनले मुलुकलाई समृद्धि तर्फ लैजानबाट कसैले छेक्न नसक्ने बताए ।

समृद्धि त हासिल गरेरै छाड्छौँ भन्दै मन्त्री बांस्कोटाले काम भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् भने ।