भारतको संसदमै नेपालीमा भाषण ठोके बिजेपी सांसद विष्टले « Himal Post | Online News Revolution
Logo

भारतको संसदमै नेपालीमा भाषण ठोके बिजेपी सांसद विष्टले



नयाँ दिल्ली- भारतको संसदमा भारतीय जनता पार्टी (बिजेपी) सांसद राजु विष्टले संसदमै नेपालीमा भाषण गरेका छन । विष्टले आफूले आफ्नो मातृ भाषामा बोल्ने बताएका थिए ।

कोरोना माहामारीमा पनि भारतमा अहिले लोकसभा र राज्यसभाको बैठक बसिरहेको छ। मंगलवार भएको लोकसभा बैठकमा पश्चिम बंगालका भारतीय जनता पार्टी (बिजेपी) सांसद विष्टले तेन्जिङ नोर्गे शेर्पालाई सम्मान गर्नुपर्ने बताएका थिए ।

विष्टले शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन्। विष्टले भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ पाउन तेन्जिङ सर्वाधिक योग्य भएको बताएका थिए।

नेपाली भाषामा बोल्दै विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्।

तर हालसम्म तेन्जिङलाई उक्त सम्मान नदिइएको भन्दै उनले ‘भारत रत्न’ प्रदान गर्न माग राखेका हुन्।

भारतको संसदमा नेपालीमा बोलेको भने यो पहिलो पटक होइन, यसअघि पनि विभिन्न नेपालीभाषी सांसदहरूले बोलेका थिए ।

मैले आज संसदमा, भारत सरकारसँग पहाड़का सिंह स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पाज्यूलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्न अनुरोध गरेँ। २९ मई १९५३ मा एउटा नयाँ विश्व इतिहास रचिएको थियो जब तेन्जिङ्ग नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको शिखरमा पहिलोपल्ट चढ्नमा सफल हुनुभएको थियो। यस अभूतपूर्व सफलता हासिल गरेर उहाँहरूले इतिहास त बनाउनुभयो नै, साथै आफ्नो लगनशीलता, प्रशिक्षण र संकल्पको उदाहरण प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको यो अभूतपूर्व सफलताको विश्वले आजसम्म गुणगान गर्दछ। मैले संसदलाई "असाधारण परिस्थितिहरूका बावजूद तेन्जिङ्ग नोर्गे शेर्पाले कसरी सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु एक Icon बन्न पुग्नुभयो" भन्ने सम्झना गराएँ।यस असाधारण उपलब्धिलाई मान्यता दिँदै, तेन्जिङ्ग नोर्गो शेर्पालाई सन् १९५३ मा नै George Medal, Special Olympic Medal, Iran Shah Medal, Nepal Tara, USSR Special Medal, French Sports Special Medal का साथै अन्य कैयौँ प्रतिष्ठित Medal-हरूले सम्मानित गरिएको थियो। उहाँलाई १९९९ मा Times Magazine द्वारा विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक घोषित गरिएको थियो। सन् २००० मा उहाँलाई Life Magazine द्वारा विश्वका १० सर्वश्रेष्ठ एथलीटहरूमध्ये एकजनाको रूपमा मान्यता प्रदान गरिएको थियो।NASA ले PLUTO ग्रहका पहाड़हरूमध्ये एउटाको नामाकरण "Tenzing Montes" राखेर उहाँको साहसिक कार्यको सम्मान गरेको छ।हाम्रो राष्ट्रले उहाँलाई प्रतिष्ठित सम्मान Padma Bhushan ले सम्मानित गरेको छ, साथै उहाँको नाममा Highest Adventure Sports Award स्थापना गरिएको छ। तरैपनि, उहाँको ऐतिहासिक उपलब्धि निम्ति दिइनुपर्ने सम्मान अझपनि अपुरो नै छ जस्तो मलाई लाग्छ। भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान Bharat Ratna-का लागि तेन्जिङ्ग नोर्गे शेर्पा सर्वाधिक योग्य भएता पनि आजसम्म उहाँलाई यो सम्मान प्रदान गरिएको छैन।उहाँले आफ्नो जीवन बिताउनुभएको दार्जीलिङ्ग पहाड़, तराई, र डुवर्सका जनता, साथै हाम्रो राष्ट्र एवं सारा विश्वका साहसिक खेलप्रेमी जनताको पक्षमा, मैले हाम्रो सरकारसँग, स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पाज्यूलाई भारत रत्न सम्मान प्रदान गरेर उहाँको 'मानव क्षमताभन्दा माथिको उपलब्धि'लाई मान्यता दिने विनम्र अनुरोध गरेको छु।Today, I requested the Government to grant Bharat Ratna to the Mountain Lion Late. Tenzing Norgay Sherpa ji.On 29th of May 1953, history was created when Tenzing Norgay Sherpa and Edmund Hillary climbed on top of Mount Everest. In doing so, they not only created history but exemplified the best of human passion, training and perseverance. Their most unique feat was and still is celebrated across the world.I reminded the Parliament how “despite coming from the humblest of backgrounds Tenzing Norgay Sherpa overcame exceptional circumstances and hardships to become an Icon for the entire world.In recognition of his extraordinaire feat, he was awarded with George Medal in 1953 itself, Special Olympic Medal, Iran Shah Medal, Nepal Tara, USSR Special Medal, French Sports Special Medal and numerous other medals.He was recognized as one of the 10 Best Athletes of the world by Life Magazine in 2000. He was also declared as one of the most influential people of the world by Time Magazine in 1999.NASA has honoured him with naming one of Pluto’s mountains as “Tenzing Montes”Our nation has honoured him with Padma Bhusan and named the Highest Adventure Sports Award after him. However, his legacy remains incomplete today. Despite being most deserving of the highest honour our nation can bestow on anyone – Bharat Ratna, I feel that he has not been awarded with that honour.”On behalf of the people from Darjeeling hills, Terai and Dooars where he lived, and adventure lovers from across our nation and the world. I have requested our Government to kindly recognize the super-human efforts of Late. Tenzing Norgay ji and to honour him and his legacy by bestowing upon him Bharat Ratna award.

Posted by Raju Bista on Tuesday, September 15, 2020