राजु लामाले ल्याए अर्को गीत: 'बिहे नगरी भाछैन' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजु लामाले ल्याए अर्को गीत: ‘बिहे नगरी भाछैन’



काठमाडौं – मंगोलियन हर्टका लिड गायक राजु लामाले नयाँ गीत बजारमा ल्याएका छन् ।

राजु लामाको आवाज रहेको उक्त गीत ‘बिहे नगरी भा’छैन’ सार्वजनिक भएको छ ।

गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको छ ।

यस्तै गीतमा राजु लामाको आवाज तथा आरबी लामाको लय र संगीत रहेको छ ।

भिडियोमा हेरुक लामा, निरञ्जली लामा, चाँदनी मोक्तान लगायतले अभिनय गरेका छन् ।

साथै भिडियोलाई हेरुक लामाले निर्देशन गरेका हुन् ।