"राज्यराष्ट्र : अवधारणा र सिद्धान्त" पुस्तक सार्वजनिक - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

“राज्यराष्ट्र : अवधारणा र सिद्धान्त” पुस्तक सार्वजनिक



काठमाडौं, ३ पुस —

राष्ट्र र राज्य सम्बन्धी नेपालको मौलिक रैथाने अवधारणा प्रस्ट पार्ने एक पुस्तक शनिवार सार्वजनिक गरिएको छ ।
डा. निर्मलमणि अधिकारी र डा. गोविन्दशरण उपाध्यायको संयुक्त लेखन रहेको पुस्तक ‘राज्यराष्ट्र : अवधारणा र सिद्धान्त’ काठमाडौंमा विमोचन गरिएको हो।

पुस्तकका बारेमा टिप्पणी गर्दै मधेशवाणीका डा. राजेश अहिराजले पुस्तक सूत्र जस्तो भएको र अहिले चलेको उग्रराष्ट्रवादी लहरका बेला वास्तविक राष्ट्रियता के हो यो पुस्तक पढेपछि थाहा लाग्ने बताए ।

त्यस्तै, वाल्मीकि विद्यापीठका प्राध्यापक माधवप्रसाद पाण्डेले पुस्तक बुझ्न कठिन भएकोले सरल बनाउन लेखकद्वयलाई सुझाव दिए ।

निर्मल थापा, बिनु अधिकारी र याम बहादुर दुराले पुस्तकले मौलिक अवधारणा शहित पस्किएको भन्दै टिप्पणी गरे।
रामहरि शर्मा र अर्जुन शर्माले प्रकाशित गरेको पुस्तक जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले वितरण गरेको हो ।

यो पुस्तक को मुल्य रु १००- मात्र राखिएको छ।