बिहे गर्ने भन्दै राखीले यी ब्याक्तिसंग ४ करोड लिएको खुलासा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिहे गर्ने भन्दै राखीले यी ब्याक्तिसंग ४ करोड लिएको खुलासा



काठमाडौं । बलिउड अभिनेत्री राखी सावन्त र युट्युबर दिपक कलाल विवाह बन्धनमा बाँधिने चर्चा चलेको धेरैको भएको छैन । तर राखीले दिपकसँग नभई अर्कै युवकसाग विवाह गरेपछि उनीहरुको चर्चा फेरि सुरु भएको छ । पछिल्ला दिनहरुमा उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि भने गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित भएका छन् ।

उनले विवाह गरेकोमा उनी भड्किइसकेका छन् । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भन्दै भिडियो राखेका छन् । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेर खुलासा गरेकी छिन् । यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड (भारु) लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन चेतावनी दिएका छन् ।