रक्सी खाएर ह्यांग हुनु भएको छ ?यसो गर्नुस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रक्सी खाएर ह्यांग हुनु भएको छ ?यसो गर्नुस



पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहीँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्न सक्छ ।

–    ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।

–    ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ ।

–    ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ ।

–    ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ ।

–    कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।

–    कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन ।

–    अण्डामा एमिनो एसिड हुन्छ, जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

स्वास्थ्य खबरपत्रिका