बिकासमा सहयोग नगर्ने कुनै पनि सिडियो र एलडियो रहदैन: रक्षामन्त्री - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिकासमा सहयोग नगर्ने कुनै पनि सिडियो र एलडियो रहदैन: रक्षामन्त्री



तिलक सुबेदी बुटवल,मंसिर

रक्षामन्त्री बालकृष्ण खांणले बिकासमा सहयोग नगर्ने कुनै पनि सिडियो र एलडियो जिल्लामा नरहने बताएका छन् ।आफुले हरेक दिन बिकासको सपना बोकेर हिडेको यो सपना बिपनामा बदल्न्न को लागि सबै कर्मचारीले सहयोग गर्नु पर्ने बताए ।नेपाली भुमिमा भारत र चीन बिरोधी गतिबिधी बढ्न थालेको भन्दै त्यसलाइ रोक्नुपर्ने बताएका छन् ।

नेपालको भूमि प्रयोग गर्ने अधिकार नेपालीलाइ मात्र भएको भन्दै नेपाली भूमिमा अबान्छित गतिबिधि हुन नदिन सम्बन्धित अधिकारीहरुलाइ निर्देशन समेत दिएका छन् ।पश्चिमाञ्चल बस ब्यबसायी संघ बुटवलको २२ औं साधारणसभाको उद्घाटन गर्दै सभाषद समेत रहेको खांणले मुलुकमा राजनीतिक संक्रमण लम्बिदा बिकासले गति लिन नसकेको बताएका हुन् ।

उनले संबिधान कार्यान्वयनको चरणमा रहेकाले अब आर्थिक बिकासले फड्को मार्ने उल्लेख गरे ।सबै दल मिलेर संबिधान कार्यान्वयनको चरणमा उभिनुपर्ने मन्त्री खांणको भनाइ छ ।

नेपाली सेनाले गरिरहेको गतिबिधिप्रति उच्च प्रशंसा गर्दै उनले हरेक सेनाको जिम्मेबारीप्रति आफ्नो उत्तरदायित्व रहने उल्लेख गरे ।उनले नेपाल कसैको स्वार्थमा नचल्ने र दुइ छिमेकी देशमापनि शान्ति स्थायीत्व र समृद्धिको पक्षमा रहेको बताए ।

उनले नेपालको सुरक्षाका लागि छिमेकी देशहरु पनि सुरक्षीत हुनुपर्ने बताए । छिमेकी मुलकहरु समृद्ध हुदा हामीलाइ पनि फाइदा हुने भन्दै छिमेकीसंग द्वन्द्व बढाउने काम कसैले नगर्न आग्रह गरे नेपालमा बिकास बजेट खर्च नहुदा समयमा आयोजनाहरु नसकिएको उनको भनाइ छ ।यातायात ब्यबसाय मुलुकको बिकासको पूर्वाधार भएकाले यसलाइ थप ब्यबस्थीत गर्नुपर्ने बताए ।

राष्ट्रिय परियोजनाहरु निर्माण सामग्रीको अभाबमा रोकिएको आफूले सुन्न नपरोस् भन्दै उनले भैरहवाको निर्मााणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय एयरर्पोटको कामलाइ र अन्य बिकासका कामलाइ निर्माण सामग्रीको उपलब्धता गराइदिन प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाललाइ निर्देशन समेत दिए ।

सो अबसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेब ,सांसद अब्दुल रञ्जाक,संघका अध्यक्ष दधिराम खरेल लगायतले बोलेका थिए ।