राम लिम्बु बने भ्वाइस अफ नेपाल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

राम लिम्बु बने भ्वाइस अफ नेपाल



काठमाडौं- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् ।

गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् ।

काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता घोषणा गरिएको हो ।

कोच प्रमोद खरेलको टिमका राम लिम्बुले टाइटल जितेसंगै गाडी र नगद उपहार पनि पाएका छन् ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेबाट उनलाई दर्शकको भोटको आधारमा छनौट गरिएको हो ।