चितवनमा राम मन्दिर बनाउन बजेट विनियोजन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चितवनमा राम मन्दिर बनाउन बजेट विनियोजन



काठमाडौँ । सरकारले चितवनमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै चितवनमा राम मन्दिर बनाउने बताउँदै आएका थिए ।

यसैबीच अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै राम मन्दिर बनाउन बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

यस्तै, प्युठानको स्वर्गद्वारीलगायत देशमा विभिन्न स्थानमा रहेका धार्मिक स्थल पुनःनिर्माण तथा निर्माणमा बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।