गायक राम प्रसाद खनाल र मञ्जु पौडेलको स्वरमा तीजको कोसेली “मेरो बुढा झर्के ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गायक राम प्रसाद खनाल र मञ्जु पौडेलको स्वरमा तीजको कोसेली “मेरो बुढा झर्के ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

महिलाहरूको महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाइ तिज विशेष गीतहरू बनाउन र गाउन निकै हतार छ। यसै क्रममा पछिल्लो समय समाजिक संझालमा निकै चर्चाको विषय बनेको अमेरिकामा बस्दै आएका चर्चित गायक राम प्रसाद खनाल र गायिका मञ्जु पौडेलको स्वरमा रहेको लालुमाईल भाका “ मेरो बुढा झर्के ” अत्यन्तै लोकप्रिय र पुरानो भाका हो जुन गीत आज मात्र सार्वजनिक भएको छ ।

तिजका पुराना भाका मध्य  “ लालुमाई ” निकै चर्चित र नृत्य प्रधान भाका भएकोले गाउँ घर तिर निकै चर्चित पनि छ । गीतमा राम प्रसाद खनालकै लय/ शब्द रहेको छ, सोही गीतको म्युजिक भिडियोलाई शङ्कर बि.सीले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको छ । यस्तै भिडियोमा किरण के.सी, शिबहरी पौडेल, दीपाश्री निरौला, मनोज आचार्य, राम प्र. खनाल, मञ्जु पौडेल, नवीन पौडेल रितु कडेल, अनुशा पौडेल र ईन्दु खनाल जस्ता चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ यस्तै शङ्कर बि.सी र सुष्मा खनालको नित्य रहेको छ । गीत अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको प्रस्तुतिमा बजारमा आएको हो ।