यस्तो बन्दै छ रामकोटमा चारधाम - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो बन्दै छ रामकोटमा चारधाम



काठमाडौँ । सनातन धर्मावलम्बीहरूलाई श्रीमद्भागवतगीताको आध्यात्मिक ,व्यावहारिक तथा दार्शनिक पक्षको उजागर गरी जागृति गर्ने उद्देश्यले ऎतिहासिक गीता ज्ञान महानुष्ठानको आयोजना गरिएको छ ।

नेपालकै प्रथम धार्मिक सहिद वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेलको नाममा स्थापित गरिएको नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही वैशाख २३ गतेदेखि ३० गतेसम्म नागार्जुन नगरपालिका -७ रामपुरमा महानुष्ठानको आयोजना गरिएको हो ।

पवित्र बद्रीनारायण धाम सहित नारायण आध्यात्मिक केन्द्रको उन्नयनार्थ तथा धाम सहित आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रूपमा विकास गर्नको लागि महानुष्ठानको आयोजना गरिएको आयोजकले बताएका छन् ।

२३ गते बिहान १० बजे कलश यात्रा , दिउँसो १ बजे समुद्घाटन र २४ गतेदेखि ३० गतेसम्म महानुष्ठान शुभारम्भ तथा वाचन गर्ने कार्यक्रम रहेको  छ ।महानुष्ठानको संकल्पकर्ता वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलद्वारा प्रवचन गरिने  छ ।