राममणि क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण सम्पन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राममणि क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण सम्पन



हिमाल पोष्ट / बुटवल  । जिल्लाको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण आज (शनिबार) सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय सिद्धार्थनर रूपन्देहीका प्रमुख कर अधिकृत महाराज कोइरालाले करसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, प्रिमियर इन्स्योरेन्स बुटवलका प्रबन्धक युवराज शर्माले विमासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

क्याम्पसको व्यवस्थापन सङ्कायका सङ्काय प्रमुख बालकृष्ण अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपाल भट्टराईले राष्ट्रिय हितमा करको महत्व हुने भन्दै विद्यार्थीलाई त्यो विषयमा जानकार बन्न आग्रह गर्नुभयो ।

क्याम्पस प्रमुख मोहनराज शर्माले पाठ्यक्रमका विषयलाई व्यवहारिकता तथा सिद्धान्तलाई प्रयोगात्मक रूप दिने उद्देश्यले प्रशिक्षण आयोजना  गरिएको बताउनुभयो । आंशिक शिक्षक मुक्तिनाथ गैह्रेको सञ्चालन, नम्रता पाण्डेको स्वागतमा भएको कार्यक्रममा वी.वी.एस. तेस्रो वर्षका नेपाली र अँग्रेजी माध्यमका विद्यार्थी सहभागी थिए ।