रामचन्द्रको चेतावनी : फेरि देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाईयो भने पार्टीले ठूलो पराजय भोग्नुपर्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रामचन्द्रको चेतावनी : फेरि देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाईयो भने पार्टीले ठूलो पराजय भोग्नुपर्छ



काठमाडौं, १४ असोज ।

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवालार्ई प्रधानमन्त्रीको रुपमा उम्मेद्धवार बनाएर अघि बढ्ने तयारी गरिरहेको बेला बरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि हालतमा देउवालाई उम्मेद्धवार बनाउन नहुने धारणा अघि सारेका छन् ।

दशैंलगत्तै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा चुनावी प्रचारमा पार्टी होमिने देउवा पक्षधर नेताहरुले गोप्य तयारी थालेको भन्दै नेता पौडेलले यस्तो असन्तुष्टी पोखेका हुन् । स्रोतका अनुसार पौडेलले अहिले देउवाको क्रेज ह्वात्तै घटेको भन्दै देउवालाई प्रधानमन्त्रीको क्याण्डिेटको रुपमा लैजान नहुने धारणा राखेका छन् ।

यदि देउवालाई नै उम्मेद्धवार बनाएर गए पार्टीले गम्भिर ठूलो पराजय भोग्ने उनले चेतावनी नै दिएका छन् । स्रोतका अनुसार मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आफूलाई प्रधानमन्त्रीको रुपमा उभ्याउनुपर्ने तर्क गर्दै आएका छन् । रिपोर्टर्स नेपाल