देउवालार्ई कुनैपनि हालतमा प्रधानमन्त्रीको उम्मेद्धवार बनाउन नहुने: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवालार्ई कुनैपनि हालतमा प्रधानमन्त्रीको उम्मेद्धवार बनाउन नहुने: रामचन्द्र पौडेल



काठमाडौं। नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टी सभापति शेरबहादुर प्रधानमन्त्रीको रुपमा उम्मेद्धवार बनाएर अघि बढ्ने तयारी गरिरहेको बेला बरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि हालतमा देउवालाई उम्मेद्धवार बनाउन नहुने धारणा अघि सारेका छन् ।

दशैंलगत्तै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा चुनावी प्रचारमा पार्टी होमिने देउवा पक्षधर नेताहरुले गोप्य तयारी थालेको भन्दै नेता पौडेलले यस्तो असन्तुष्टी पोखेका हुन् । स्रोतका अनुसार पौडेलले अहिले देउवाको क्रेज ह्वात्तै घटेको भन्दै देउवालाई प्रधानमन्त्रीको क्याण्डिेटको रुपमा लैजान नहुने धारणा राखेका छन् ।

यदि देउवालाई नै उम्मेद्धवार बनाएर गए पार्टीले गम्भिर ठूलो पराजय भोग्ने उनले चेतावनी नै दिएका छन् । स्रोतका अनुसार मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आफूलाई प्रधानमन्त्रीको रुपमा उभ्याउनुपर्ने तर्क गर्दै आएका छन् ।

देउवालाई अहिले नै प्रधानमन्त्रीको उम्मेद्धवार बनाउने निर्णय भएको छैन् : महत

कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीले अहिले नै प्रधानमन्त्रीको उम्मेद्धवार कसलाई बनाएर जाने भन्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

आईतबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतले यस्तो बताएका हुन् । उनले भने,“अहिले यसबारेमा कुनै घोषणा भएको छैन, हुन त स्वाभाविक रुपमा पार्टी सभापति नै प्रधानमन्त्रीको उम्मेद्धवार बन्नुहुन्छ, अब हेरौं अरु साथीहरुले के धारणा राख्नुहुन्छ ?”

बरिष्ठ नेता रामचन्द्र पौडेलले त कुनै पनि हालतमा मान्य नहुने भनेर चेतावनी नै दिनुभएको छ अरे नि भनेर धमलाले गरेको अर्को प्रश्नमा महतले थपे,“नेता पौैडेलजीको कुरा हामीले सुनेको छैन, तर जे होस सहमति भएर नै प्रधानमन्त्रीको उम्मेद्धवार तय हुन्छ ।” त्यसको लागि पार्टीले छिट्टै संसदीय बोर्ड गठन गर्ने उनको तर्क थियो ।

उनले भने,“बोर्ड गठनपछि सदस्यहरुको विचार आउँछ । कसको पक्षमा कसले कसरी वकालत गर्छन भन्ने कुरा हो, तर जे भएपनि आधार प्रस्तुत गर्नुपर्छ, समग्र दृष्टिकोण आओस, निर्णय सत्य तथ्यमा आधारित होस्, उपर्युक्त व्यक्तित्वलाई टिकट दिन सकौं, जनताबाट बढि भन्दा बढि भोट हाँसिल गर्नुपर्छ।”

त्यस्तै उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आवश्यकत्ता हेरेर गठबन्धन वा साझेदारी वा तालमेल हुन सक्ने संभावना देखाए। उनले भने,“त्यहाँको बस्तुस्थिति हेरेर हामी निर्णय लिन्छ, तर मुल आधार चाहीँ एक्लाएक्लै लड्दा तिनीहरुको बीचमा शक्ति कसको ज्यादै छ ? त्यो हेर्नुपर्छ ।”