जनताका समस्यालाई पार लगाउछ काग्रेस ः नेता पौडेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जनताका समस्यालाई पार लगाउछ काग्रेस ः नेता पौडेल



चन्द्रौटा ५  असोज,जनतालाई समस्या वाट पार नेपालि काग्रसले मात्र लगाउने नेपाली काग्रेस भएको वरिष्ट नेता रामचन्द्र पौडेलले वताएका छन् । जनताको हित र अधिकारको लागि काम गर्ने पाटी नेपाली काँग्रेस भएको बरिष्ट नेता राम चन्द्र पौडेलले दावि गरेका छन् ।

एमाले र माओवादीले अनावश्यक नारा लगाएर फसाएको बताउदै नेपाली काग्रेस सारा नेपालीको हितमा काम गर्ने पाटी भएकोे जिकिर गरेका छन् ।  मुलुकमाका विभिन्न पाटीले नेपालीलाई  अल्झाएको बताउदै  नेपालको हरेक समस्याको घडीमा नेपाली काँग्रेसले पार लगाएको
मा जोड दिए  । कपिलवस्तुको चन्द्रौटामा बृहत आमसभालाई सम्बोदन गर्दै एमाले र माओवादीले समस्या मात्र जन्माउन जानेको आरोप लगाए ।

किसानहरुको लागि विशेष योजना ल्याउने साथै नेपालका अधिंकास ठाउ डुबानको समस्या रहेकाले अव सरकारले डुबान समास्या चाडै समाधान गर्ने वताए ।
नेता पौडेलले नेपाली काग्रेसले अर्थतन्त्रलाई समग्रतामा अगाडी वढाउन चाहेकोले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतले विश्वास गरेको र सोही विश्वासको आधारमा विदेशी लगानी ल्याउन सक्ने वताए । चन्द्रौटामा अयोजीत बृहत आम सभामा राप्रपाका केन्द्रीय सदस्य अजय थापा नेपाली काग्रेसमा प्रवेश गरेका छन । साथै पुर्व डि एस एस पी विक्रम थापा सहित नेता तथा कार्यकर्ताहरु अन्य पाटी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन ।