प्रकाशमानकाे क्षेत्रबाट प्रतिनिधिसभा चुनाव लड्ने रमेश खरेलको घोषणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रकाशमानकाे क्षेत्रबाट प्रतिनिधिसभा चुनाव लड्ने रमेश खरेलको घोषणा



नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

यसअघि सामाजिक अभियान्ता पुकार बमले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा यहाँ विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गर्दै नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।