रामगढवाको वडा कार्यलय र स्वास्थ्य चौकीमा चोरीपछि आगजनी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रामगढवाको वडा कार्यलय र स्वास्थ्य चौकीमा चोरीपछि आगजनी



कृष्णा यादब/वीरगंज

विरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवाको वडा कार्यालयको भवनमा रहेको स्वास्थ्य चौकी र कार्यलयमा चोरी गरि आगजनी गरिएको छ ।

पर्सा प्रहरीले जनाए अनुसार बिहिबार राति वडा कार्यालयको ताल्चा फुटाई कार्यालयको समान चोरीगरि आगजनी गर्दा टेबल, कुर्सीलगायतका सामान नष्ट भएका छन् ।

सो कार्यलयमा भएको आगजनी र चोरीबाट करिब ४ लाख मूल्य बराबरको क्षती भएको वडा नम्बर २४ का अध्यक्षले बताएका छन् ।

लकडाउनका कारण राहत बितरण गर्नको लागि शुक्रबार बिहान सर्बदलिय बैठक बस्न कार्यलयमा पुग्दा ताला तोडि समान चोरी गरी आगजनी गरेको भेटिएको अध्यक्ष दशरथ पटेलले बताए ।

वडा प्रहरी कार्यलय श्रिपुरबाट प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाई घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाकारी दिएको छ।