कलाकारको राजनीतिप्रति रामजी खाणको कडा आक्रोश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कलाकारको राजनीतिप्रति रामजी खाणको कडा आक्रोश



काठमाडौँ-

विभिन्न लोक तथा दोहोरी कलाकारहरूले पार्टीका गीत गएर एकाएक विवादमा आइरहेका बेला रामजी खाणले भने यो र यस्तो प्रवृत्तिको भद्र विरोध गरेका छन् ।

आफ्नो फेसबुक वालमा स्टाटस लेखेर यो पनि गीतसंगीत भित्रको विकृति नै हो भन्दै यस्तो प्रवृतिले यो क्षेत्रको भलो नहुने पनि बताएका छन्

एकातिर पार्टीका गीत गएर लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष नै विवादमा तानिएका छन् भने अन्य कलाकारले नेतालाई रिझाउन विभिन्न पार्टीका गीत गाई रहेका छन् ।

उनले अगाडी लेखेका छन् “कुनै पनि पार्टीको पुच्छर बनेर पार्टी को झन्डा बोकेर पार्टीको गीत गाएर लोक गितसँगितको विकृति विसँगतिको बारेमा बोल्नु, वालुवामा पानी जस्तै हो ।”

कहिले पनि सामाजिक संजालमा यस्ता अभिव्यक्ति नदिने रामजी खाणले यसरी पोखेको आक्रोसलाई उत्पन्न परिस्थितिको असामान्य रुप हो भन्न सकिन्छ  ।

उनको स्टाटस यस्तो छ