दुई राप्रपाबीच एकीकरण–अध्यक्ष राणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुई राप्रपाबीच एकीकरण–अध्यक्ष राणा



हिमाल पोस्ट/ १ मङ्सिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ ।

भक्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेण्डामा सहमति भइसकेको बताउनुभयो ।

दुई राप्रपाबीच अब केही दिनमै पार्टी एकीकरण हुने बताउँदै उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डामा दुवै दल सहमत भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँडसमेत मिलिसकेको दाबी गर्दै भन्नुभयो–‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’

अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुर्नसंरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनःसंरचना गरे पछुताउनुपर्ने तर्क राख्नुभयो । रासस