प्रधानन्यायाधीशको जवाफ: यदि कानुनमा छैन भने हाम्रो दिमागमा पनि छैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानन्यायाधीशको जवाफ: यदि कानुनमा छैन भने हाम्रो दिमागमा पनि छैन



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानुनमा नभएको कुनैपनि कुरा आफ्नो दिमागमा नभएको बताएका छन् । उनले बाहिर उठेका विभिन्न सवालको बारेमा प्रष्ट पार्दै कानुनमा छैन भने त्यसको कुनै अर्थ नुहुने बताएका हुन् ।

बाहिर उठेका प्रश्न इजलासको सरोकारको विषय नभएको भन्दै प्रधानन्यायाधीश जबराले इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार भएको र बाहिरको कुरा सुन्न जरुरी समेत नभएको बताए ।

संसद विघटनविरुद्ध निवेदकले संवैधानिक इजलासमै प्रधानमन्त्री ओलीलाई जोडेर प्रश्न उठेपछि जबराले यस्तो जवाफ दिएका हुन् । बहस गरिरहेका निवेदकका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले बाहिर सुनिएका बिषयमा प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि दबाबपूर्ण अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशले नागरिकका हैसियतले बोलेको कुरामा झाको झार्ने काम गरेको भन्दै अधिवक्ता पोखरेलले प्रश्न उठाएका थिए ।

त्यसको जवाफमा प्रधानन्यायाधीशले भने, ‘बाहिर कसले के भन्यो हाम्रो सरोकारको कुरा होइन। कानुनमा छैन। हाम्रो माइन्डमा छैन। हार्टमा पनि छैन। इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार हो।’

संसद विघटनपछि चार जना पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संयुक्त विज्ञप्ति जारी गरेर आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र यो असंवैधानिक भएको बताएका थिए।

यो धारणापछि प्रधानमन्त्री ओलीले अदालतमा केहि समय जागिर खाएकै भरमा अदालतलाई धन्क्याएको भन्दै एक कार्यक्रममाआक्रिओश् पोखेका थिए ।